म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको महारानी मन्दिरलाई बिहीबार प्लाष्टिकका कुर्सी सहयोग भएको छ । सामाजिक क्षेत्रमा क्रियशिल संस्था लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा मन्दिरलाई कुर्सी सहयोग हस्तान्तरण गरिएको हो ।
लायन्स क्लबको अगुवाइमा क्लबमा आबद्ध र विभिन्न व्यक्तिहरुको सहयोगमा २५ थान प्लाष्टिकका कुर्सी सङ्कलन गरी उपलब्ध गराइएको लायन्स क्लब अफ म्याग्दी दोभानले जनाएको छ । उक्त प्लाष्टिकका कुर्सीहरु महारानीथान मन्दिरमा एक कार्यक्रमको आयोजना गरी मन्दिर परिवारलाई हस्तान्तरण गरिएको छ ।
क्लबका अध्यक्ष अम्बिका श्रेष्ठसहित पदाधिकारीले महारानी मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष अमृतदेवी बानियाँ र पदाधिकारीलाई एकैसाथ हस्तान्तरण गरेका थिए । मन्दिरमा हुने नियमित पुजाआजा गर्न आउने भक्तजनहरुको सहज व्यवस्थापनका लागि क्लबमार्फत कुर्सी सहयोग गरिएको लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठले बताएकी छिन् ।
बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले ऐतिहासिक तथा धार्मिक क्षेत्रको प्रचारप्रसार र विकासका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेकोमा जोड दिइन् । महारानी मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष अमृतदेवी बानियाँले सबैको सहयोगले महारानी मन्दिर अगाडि बढेको बताउँदै कुर्सीको सही सदुपयोग गरिने बताइन् ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल म्याग्दीका अध्यक्ष रेखाकौशल रेग्मी, लायन्स क्लब अफ म्याग्दी दोभानका एमजेएफ बिमला गौचन, पूर्व अध्यक्ष लक्ष्मी केसी, लायन्स क्लब अफ बेनी महारानीका अध्यक्ष हिरादेवी उपाध्याय, पत्रकार प्रताप बानियाँ र महारानी क्षेत्र विकास समितका सचिव उमा रिजाल शर्माले मन्तव्य राखेका थिए ।
क्लब अध्यक्ष श्रेष्ठको अध्यक्षता र सचिव नविना थापा रावलको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष लक्ष्मी भण्डारी केसीको ध्वजाको अभिवादन गरेकी थिइन् । कार्यक्रमको अवसरमा क्लबका सचिव नविना थापा रावल, पूर्व अध्यक्ष लक्ष्मी केसी र सदस्य भीमकुमारी बानियाँको जन्मदिन समेत मनाइएको थियो ।
Previous Articleकसूर गर्ने उद्योग गर्न नहुने
Next Article आयोजनाले वन क्षेत्र प्रयोग गर्न पाउने