सन्तोष कटुवाल
काठमाडौं । ललितपुर जिल्लाको खुमलटारमा अबस्थीत मन्जुश्री बृद्ध आश्रममा पुगेर कटुवाल हेल्प नेटवोर्क नेपालले आउँदै गरेको माता तीर्थ औंसीलाई लक्षित गरि आश्रममा रहँदै आउँनु भएका बृद्ध आमाहरूलाई उपहार स्वरुप एकसरो लुगा लगाई मीठो मसिनो मात्रृभाषा मातृत्व भोज सेबन गराएर आमाहरु बाट आशिर्बाद ग्रहण गरेको छ।
उक्त कार्यक्रमको लागी सहयोगी प्रायोजक केन्द्रीय ओनलाइन समीतीका अध्यक्ष श्री चन्द्र बहादुर कटुवाल (दुबई) सचीब : सन्तोष कटुवाल (ओमन) र कटुवाल हेल्प नेटवोर्क की सक्रिय सदस्य श्रीजना कटुवाल (कुवेत) बाट अतुलनीय सहयोग प्राप्त गरी कटुवाल हेल्प नेटवोर्क नेपालको आयोजनामा आमाहरुलाई स-सम्मान गरिएको थीयो।
कार्यक्रममा कटुवाल हेल्प नेटवर्ककी अध्यक्ष :श्री सान्ता कटुवालले उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्य राख्नु भएको थियो । आमाहरुलाइ कपडा उपहार दिदै कपडा लगाइ दिनु भएको थियो । सचीब लीला बहादुर कटुवाल सक्रीय सदस्य राजु कटुवाल प्रशान्त कटुवाल आश्रम सन्चालीका मन्जु मगर र समाजसेबि प्रेम कटुवाल गंगा पन्थ द्वारा मात्री भोजको तयारी गरी आमा हरुलाइ अत्यन्तै खुसीयाली दिएर आशिरबाद ग्रहण गर्नु भएको थियो। साथै अध्यक्ष सान्ता कटुवाल ज्यु ले उक्त कार्यक्रम लाई सु-समापन गर्नु भएको छ।