प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजल सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताएका छन् ।
राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवशको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै प्रधामन्त्री ओलीले अहिले यो अत्यावश्यक वस्तु भइसकेको बताएका छन् । “केही बर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो ” प्रधानमन्त्री ओलीले भने “मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न अंग भइसक्यो । यो डिजिटल नेपाल तर्फको यात्रा हो ।”