बिद्यार्थीहरुको प्रहरी सँगको अन्तरक्रिया गराउने उदेश्यले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज बेनीको निजि विद्यालय न्यू वेष्ट प्वाइन्ट आमाविका बिद्यार्थीहरुले छलफल गरेका छन् ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिदै प्रहरीसंग एक दिन कार्यक्रमको अवधारणा बमोजिम सदरमुकाम बेनी स्थित रहेको न्यू वेष्ट प्वाईन्ट आवासीय माध्यामिक बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु गरी ३१ जनालाई प्रहरी कार्यालयको भ्रमण गराएका छन् । कार्यालयको भ्रमणका क्रममा विद्यार्थीले डीएसपी महेन्द्र प्रसाद मरासिनीसंग भेटघाट गर्नुका साथै कार्यक्रमको औचित्यताको बारेमा अन्तरक्रिया, शाखाहरुको परिचय र प्रदान गरिने सेवा-प्रबाहको बारेमा जानकारी गराईएको थियो ।