पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकामा लेखा समिति गठन भएको छ । मुनास्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार बसेको कार्यपालिका बैठकले गाउँसभा अन्तरगत लेखा समिति गठन भएको हो । वडा न. ५ का वडा अध्यक्ष खर्ककुमारी छन्त्यालको प्रस्तावमा कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा प्रस्तावक छन्त्याल र वडा न. २ मुनाका अध्यक्ष पूर्म पुन रहेका छन् ।
अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माण गर्न पाँचलाख रुपैयाँ रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाको ७ नम्बर वडाको बाँकी र ५ नम्बर वडा मल्कबाङमा ‘एक घर एक धारा’ सहितको खानेपानी आयोजना निर्माणका लागि डिपिआर तयार पार्न सम्पुरक कोषबाट पाँचलाख विनियोजन भएको गाउँपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले बताए ।
कार्यपालिका बैठकले गाउँपालिकाको शिक्षा शाखाको संयोजकमा गिरिप्रसाद छन्त्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । छन्त्याल यसअघि हेम मावि सिबाङ स्रोत केन्द्रको स्रोतव्यक्ति थिए ।
Previous Articleव्यावसायिक बनाउन महिलाहरुलाई बंगुर तथा कुखुरापालन तालिम
Next Article खाली जग्गालाई हरियाली–पार्क बनाइँदै