पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनको छिस्बाङस्थित खेतबारी आसपासमा फैलिएको गाँजालाई स्थानीयको पहलमा नष्ट गरिएको छ । छिस्बाङमा प्राकृतिक रुपमा करिब ३ रोपनी जमिनमा उम्रिएको अवैध ३ क्वीन्टल गाँजाका बिरुवा फडानी गरी आगो लगाई नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यसअघि गाउँपालिका तथा वडाका जनप्रतिनिधिको सक्रियतामा अर्मनकै करसिम्ला, खारपानी, छिस्बाङ, तातोपानी लगायतका स्थानमा प्राकृतिक रुपमा उम्रेर फैलिएको गाँजाका बोट नष्ट गरिएको थियो । स्थानीय युवा क्लब, आमा समूहसहितको सक्रियतामा अर्मनमा गाँजा फडानी अभियानकै रुपमा सञ्चालन भैरहेको छ । दुव्र्यसनीमुक्त समाज बनाउने प्रहरीको अभियानलाई निरन्तरता दिन गाँजाको बोट नष्ट गर्ने गरिएको वडा अध्यक्ष भूपेन्द्रबहादुर केसीले जानकारी दिएका छन् ।
गाउँमा व्यवसायिक भन्दा पनि प्राकृतिक रुपमा फैलिएका बोटलाई दुरुपयोग गर्दै गाउँ तथा आसपासका क्षेत्रका साथै दुव्र्यसनीमा फसेकाको नजर पर्न सक्ने सम्भावनलाई मध्यनजर गरी आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिएको स्थानीयको भनाइ छ ।
पछिल्लो समय स्कुले बालबालिका समेत कुलतमा फस्न थालेपछि प्रहरीले शहरदेखि ग्रामीण क्षेत्रसम्म गाँजासहित लागूपर्दाथ दुव्र्यसनीलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । गाँजा नष्ट गर्ने क्रममा प्रहरीले गाँजाका बोटहरू देखेमा जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ । खेतबारीमा आफै समेत गाँजा फैलने गरेपनि सर्वसाधारणले बेवास्ता गर्ने गरेका छन् । प्राकृतिक रुपमा फैलिएको गाँजा सङ्कलन गरेर बिक्री गर्ने र गाँजा भएकै स्थानमा पुगेर समेत सेवन गर्ने गरेको भटिएपछि स्थानीयवासीले नष्ट गर्न सक्रियता देखाएका छन् ।
Previous Articleनेपाल र चीन झन् नजिक ! बीआरआईमा नेपालको प्रस्ताव पारित
Next Article विद्यालयमा भूकम्पमापन यन्त्र जडान