विश्वमा धेरै यस्ता समय अनि दिनलाई विशेष महत्व दिँदै सम्झने गरिन्छ । त्यस्तै दिनहरु मध्ये नेपालमा मात्रै मनाइने दिवस तथा चाडहरु मध्ये आजको दिन अर्थात् लोकतन्त्र दिवस पनि एक हो । १०४ वर्षे राणा शासनको अन्त्यका लागि भएको बलिदान अनि पञ्चायती व्यवस्थाको अन्त्य सँगै बहुदलिय प्रजातन्त्रको स्थापना होस या तत्कालिन माओवादीले थालेको सशस्त्र युद्धलाई पूर्ण विराम लाएर राजतन्त्रको पनि अन्त्य सहित उदय भएको लोकतन्त्र । अर्थात् आजको दिन लोकतन्त्र दिवस । आज भन्दा एक दशक भन्दा पनि अगाडी अर्थात् २०६३ बैशाख ११ गते नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले जनताको मतको सम्मान गर्दै आफूलाई सक्रिय राजनीतिबाट अलग गरेको दिन । भन्नेहरुको धेरै तर्क वितर्क थिए होला तर नेपालमा रहेको राजतन्त्रको अन्त्यका लागि अरु कोही कारक नभएर राजा आफै कारक भएको कारणले गर्दा २०६३ साल बैशाख ११ गते आजकै दिन राजगद्धिमा बसेर गरी रहेको आफ्नो सक्रिय राजतीतिलाई ज्ञानेन्द्रले बिट मारेका थिए ।
आजको दिनमा हामीले दिवस मनाएर रमाउनु भन्दा पहिला एक पटक पिडाका साथ मन अमिलो बनाएर सोच्न पनि पर्छ । किन भने धेरै नेपाली जनताहरुले रगत बगाएर अनि मत्युवरण गरेपछि आएको दिन हो आजको दिन । ति ज्ञात तथा अज्ञात अवस्थामै मृत्युवरण गर्ने र अंगभंग भएर घाइते अवस्थामा जिवन विताई रहेका समग्र युवाहरुले गरेको आन्दोलन अनि योगदानको कदर आजकै दिन तत्कालिन राजा ज्ञानेन्द्रले गरेकै हुन् । त्यो भन्दा पहिला युवाको सम्मान भयो भएन र त्यस पछिको अवस्था के छ त्यो इतीहासको पानामा कोरीएको पक्कै होला तर पनि नेपालमा आजकै दिनले लोकतन्त्र स्थापना गर्दै छदाँखाँदाको राजतन्त्रलाई हटाएर गणतन्त्रीक मुलुक बन्नका लागि प्रेरीत गरेको हो ।
राजसँस्थाको पारिवारीक र प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत पुनर्आगमन भएको दिन आज नेपाल र विदेश स्थित नेपाली नियोगहरुमा भव्यताका साथ मनाइँदैछ । २०६२÷०६३ को ऐतिहासिक दोश्रो जनआन्दोलन पश्चात बैशाख ११ गते जनआन्दोलन अन्त्य गर्न आग्रह गर्दै आफ्नो राज्य सत्ता जनतामै निहित भएकोले जनताको मत स्वीकार्ने तत्कालिन राजा ज्ञानेन्द्रले लिएको कदम अनि सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने जनआन्दोलन भएको थियो । युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो भने राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यहि बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो । आजको दिनमा अहिले भै रहेको राजनैतिक विकाशक्रमको समिक्षा हुन पनि जरुरी छ । लोकतन्त्र दिवसको शुभकामना ।
Previous Articleम्याग्दीमा नागरिकताभन्दा राहदानी लिने धेरै
Next Article सामुदायिकमा अध्ययनका लागि प्रवेश परीक्षा