धवलागिरी गाउपालिका वडा नम्बर-५ खिवाङका ५१ वर्षिय जित बहादुर पुनको नाउर भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
मुदी स्थित तातोपानीमा नुहाएर घर फर्कने क्रममा हिड्दै अचानक नाउरा भिर बाट लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर ध्रुवप्रसाद शर्माले बताए । शर्माका अनुसार इलाका प्रहरी कार्यालय दरवाङ इन्सपेक्टर राम प्रसाद पाण्डे कमाण्डमा गएको टोली अनुसन्धानमा जुटेको छ ।
जितबहादुर पुन धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनका सहोदर दाजु हुन् । बेलायती सेनाबाट सेवानिबृत्त उनी गाउँमै बस्दै आएका थिए । उनको मृत्यु भएको कुरा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले सामाजिक सञ्जाल फेसबुकबाट समेत पुष्टी गरेकी छिन् ।