पाकिस्तानी प्रधानमन्त्री इमरान खान आजकाल निकै चर्चामा छन् । पछिल्लो समयमा भारतमाथि उनले जस्तो व्यवहार देखाए, त्यसको सबैले प्रशंसा गरे । नीजि जीवनका कारण पटक–पटक चर्चामा छाइरहने उनी यसपटक पनि आफ्नो वैवाहिक सम्बन्धका कारण चर्चामा छन् ।
पाकिस्तानका पत्रकार नजम सेठीले इमरान खानको नीजि जीवनबारे टेलिभिजनमा अचम्मित गरिदिने खुलासा गरेका छन् ।
उनको दाबी अनुसार पाकिस्तानका प्रधानमन्त्री इमरान खानको वैवाहिक जीवनमा हालै ठूलै भुइँचालो आयो जसका कारण उनको तेस्रो विवाह पनि टुट्ने स्थितीमा पुगेको थियो ।
२४ न्यूजको टकशोमा फ्राइडे टाइम्सका सम्पादकले भने, ‘मलाई आफ्नो सूत्रबाट थाहा भयो कि इमरान खान र उनकी तेस्री श्रीमती बुशरा मानेकाको बाटो अलग्गिने स्थितीमा थियो तर केही नजिकका साथीले उनीहरुको विवाह टुट्नबाट बच्यो । परिवार र साथीभाइको कोसिस पछि दुईबीच सबैकुरा सामान्य रह्यो । कुरा मिलिसकेको केही समयपछि पनि उनीहरुबीच तिखो भनाभन भएको सेठीले दाबी गरे ।
इमरान र बुशराले गत वर्ष एक निजी समारोहम विवाह गरेका थिए । क्रिकेटरबाट राजनेता बनेका इमरानले यसअघि रेहम खान र जेमिना गोल्डस्मिथसँग विवाह गरेका थिए ।
इमरानले पहिलो विवाह ब्रिटिश अरबपतीकी छोरी जेमिमा खानसँग सन् १९९५ को मे १६ मा भएको थियो तर विवाहको ९ वर्षपछि सन् २००४ मा दुबैको सम्बन्धविच्छेद भयो ।
त्यसपछि इमरानले टिभी प्रस्तोता रेहम खानसँग दोस्रो विवाह गरे जुन १० महिना मात्रै चल्न सकेको थियो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक अन्तरवार्तामा बुशराबारे विभिन्न रोचक कुरा साझा गरेका थिए । ६५ वर्षका इमरानले ३९ वर्षकी बुशरा मानेकाको अनुहार नै नहेरी विवाह गरेको बताएका थिए । उनका अनुसार उनीहरु थुप्रै पटक भेटिसकेको भएपनि बुशराको अनुहारमा सधैं पर्दा रहने गर्दथ्यो ।
३९ वर्षकी बुशरा पाँच सन्तानकी आमा हुन् । पहिलो पटक बुशरासँग उनको भेट तीन वर्ष अघि भएको थियो । इमरानले पहिलो पटक बुशराले पर्दा हटाउँदा ‘आफू निराश नभएको’ बताएका थिए ।
बुशराअघि इमरान अघि ख्वार फरिद मानेकासँग विवाह गरेका थिए तर पछि अलग्गिए ।
यस्तै, बुशरा इमरान खानकी आध्यात्मिक गुरु पनि भइसकेकी थिइन् । उनका अनुसार सूफीवाद प्रतिको लगावले नै उनीहरुलाई नजिक ल्याए ।