गायक रमेशकुमार श्रेष्ठले ‘नम्बरी चप्पल’ बोलको आधुनिक गीत ल्याएका छन् ।
श्रेष्ठले ओएसआर युट्युब च्यानलबाट गीत रिलिज गरेका हुन् ।
गीतको शब्द, संगीत कृष्णकुमार राईले गरेका हुन् । ‘नम्बरी चप्पल’को म्युजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफर निश्चल केसीले गरेका छन् ।
गीत संगीतमा लामो समयदेखि सक्रिय रहेका निर्देशक तथा मोडल श्रेष्ठले पछिल्लो समय आधुनिक गीतमा विशेष जोड दिएका छन् । उनी भन्छन्, ‘सदाबहार र सुगम संगीतमा मेरो रुचि छ । पछिल्लो समय सबै प्रकारका गीत निर्देशन तथा मोडल गर्दै आएको छु ।’
ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । जनता डिजिटल फिल्मसको पोस्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा सुनिल क्षेत्री, आँचल शर्मा र नेपाली ठिटोले अभिनय गरेका छन् । छोटो समयमा नै गीतले सर्वत्र चर्चा पाइसकेको छ ।