कृष्ण कँडेल
बागलुङ, १४ कात्तिक – नेपाली काँग्रेसले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा एक नगरपालिका र ३ गाउँपालिका बनाउने प्रस्ताव गरेको छ । कांग्रेस क्षेत्रीय समितिको बैठकले यसअघि जिल्ला प्रविधिक समितिले प्रस्तावित गरेको ३ गाउँपालिकाको क्षेत्रलाई नगरपालिकासहित ४ स्थानिय निकाय बनाउन प्रस्ताब गरेको हो । ईलाका नम्बर–१० मा पर्ने बुर्तिबाङ, राजकुत, अधिकारीचौर र बोबाङ तथा १३ मा पर्ने निसी, बोहरागाउँ र देविस्थान गाविसलाई ढोरपाटन नगरपालिका प्रस्ताव गरिएको छ । प्रस्तावित नगरपालिकाको केन्द्र बुर्तिबाङमा रहने नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर–३ का सभापती दोर्णकुमार कुँवरले जानकारी दिए । नगरपालिका भित्रको क्षेत्रलाई सुगमता, पुर्वाधार विकाश र भौगोलिक दुर्गमताका आधारमा विभिन्न श्रेणीमा बर्गिकरण गरि करको दयरा र सेवा केन्द्र दिने व्यवस्था गर्नुपर्ने कुँवरको तर्क छ । निसी र बोबाङ गाविस अहिलेपनि राज्यको दुर्गम क्षेत्रअन्र्तगत पर्ने भएकाले त्यसलाई नगरपालिका भित्रको विशेष ईकाई बनाउने प्रस्तावमा उल्लेख छ । ईलाका नम्बर–१२ मा पर्ने तमान, खुंखानी, खुंगा र बोङ्गादोभानलाई विशेष संरक्षित क्षेत्र बनाउने प्रस्ताब गरिएको छ । भौगोलिक जटिलता, पुर्वाधार निर्माणको अवस्थालाई मध्यनजर गर्दै संरक्षित क्षेत्र बनाउने निर्णय भएको कांग्रेसले जनाएको छ । दर्लिङ, भिमगिठे, ग्वालीचौर र जलजला गाविसको गाउँपालिका बनाउने निर्णय भएको छ । दगातुन्डाँडा, रिघा, सिसाखानी, पाण्डवखानी र रणसिंहकिटेनी गाविसलाई समेटेर अर्को गाउँपालिका बनाउने प्रस्ताब गरिएको छ । यो गाउँपालिकामा पर्ने रणसिंहकिटेनी गाविसलाई बिशेष ईकाई बनाउनु पर्ने काँग्रेसको धारणा छ । सडक पुर्वाधार नपुगेको, सामथ्र्यमा कमजोर रहेको तथा भेषभुषा र पहिचानको आधारमा रणसिंहकिटेनीलाई संरक्षित ईकाइ प्रस्ताव गरिएको क्षेत्रिय सभापति कुँवरको भनाई छ । ३ ओटै गाउँपालिकाको केन्द्र र नामाकारणको बारेमा कुनै निर्णय भएको छैन । स्थानिय सहजतालाई ध्यानमा राखी त्यहि निर्णय गर्दा सजिलो हुने भएकाले नाम र केन्द्रमा कुनै निर्णय नभएको क्षेत्रीय समितिले जनाएको छ । निसी र बोहरागाउँ गाविसबाट देविस्थान र राजकुतसहित ४ गाविसको स्थानिय निकाय बनाउने प्रस्ताव भएपनि देविस्थान बुर्तिबाङ केन्द्र हुने नगरपालिकामा जान ईच्छुक देखिएकाले सवै गाविसलाई नगरपालिकामै प्रस्ताव गरिएको नेताहरुले बताएका छन् ।
निसीखोला गाउँपालिका नै उपयुक्त
बागलुङ/ जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ निसीखोलामा पर्ने ४ गाविसका राजनीतिक दलले यसअघि जिल्ला प्राविधिक समितिले प्रस्ताव गरेको निसीखोला गाउँपालिका नै उपयुक्त भएको निष्कर्ष निकालेका छन् । ईलाकालाई समेत आधार मानेर स्थानिय निकाय बनाउन सकिने मापदण्ड आएपछि स्थानिय निकाय गठनको अर्को बहस भईरहँदा शनिबार देविस्थानमा भएको सर्वदलिय बैठक यस्तो निष्कर्षमा पुगेको हो । राजकुत, देविस्थान, बोहरागाउँ र निसीको जनसंख्या, भुगोल लगायत सम्पुर्ण मापदण्ड पुरा हुने भएकाले गाउँपालिका बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य कुविर विश्वकर्माले जानकारी दिए । उनले बुर्तिबाङमा बस्ने केही टाँठाबाठाहरुले भन्दैमा र कसैको नाम डेलिकेशन समितिमा राख्दैमा स्थानिय नागरिकलाई अपायक पर्ने गरि निसी तथा बोहरागाउँलाई अलपत्र परेर नगरपालिकामा जान नसकिने तर्क गरे । ‘यसरी बन्ने गाउँपालिकाको केन्द्र पायक पर्ने गरि देविस्थानको कुनै ठाउँमा राख्न बोहरागाउँ र निसीका राजनीतिक दल पनि सहमत छन्’ माओवादी नेता विश्वकर्माले
भने, ‘पुष्पलाल मध्यपाहाडी लोकमार्ग तथा सालझण्डी–ढोरपाटन सडकले पनि ४ ओटै गाविसलाई जोडेका छन्, हामी आफै गाउँपालिका बन्न योग्य छौँ, किन अन्यत्र जानुप¥यो ?’ यसअघि जिल्ला प्रविधिक समितिले निसीखोला गाउँपलिकाको केन्द्र बोहरागाउँ प्रश्ताब गरेपछि बुर्तिबाङ केन्द्र हुने स्थानिय निकाय नजिक पर्ने भन्दै गाउँ कार्यसमितिमा एकमतले निर्णय नै गरेको नेपाली काँग्रेसका क्षेत्रीय सदस्य भबेन्द्र कुँवरले देविस्थान केन्द्र भए निसी गाउँपलिका नै मान्ने बताए । बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका स्थानिय नेताको सहभागीता रहेको थियो ।