बिमल खड्का
बागलुङ, १४ कात्तिक – जिल्लाको भिमगिठे गाविस–२ नयाँगाउँका एक बालक ३ दिनपछि नजिकै जंगलमा फेला परेको छन् । कार्तिक १० गते बिहान १० बजे घरबाट खेल्दै बाहिर निस्किएका २३ महिने बालक अनिल बुढा अचानक हराएका थिए ।
दर्लिङ गाबिस पात्ले निबासी खिमराज बुढाका छोरा अनिल बुढालाई सामान्य ज्वरो आएपछि भिमगिठेमा माइत भेटघाट पनि हुने र उपचार पनि गर्ने भनी बालक कि आमाले भिमगिठे ल्याएकी थिइन् । बालक सम्र्पकबिहीन भएपछि स्थानीयले खोज्दा फेला पार्न नसकेपछि ईलाका प्रहरी कार्यालय भिमगिठेमा निवेदन गरेका थिए ।
प्रहरी र स्थानीय मिलेर घर वरपर र नजिकैको जंगल सबै ठाउँमा खोज्दा पनि बच्चा नभेटिएपछि स्थानिय तथा प्रहरी निराश बनेका थिए । शुक्रबार बेलुकी ५ बजे सजिलैसँग सामान्य मानिस जान नसक्ने ठाउँमा बच्चा फेला परेका छन् ।
जिवित बालक भेटिएपछि सबैमा शंका उत्पन्न भएको छ । तर ३ दिनपछि भेटिएको बच्चाको स्वास्थ्य अवस्था समेत सामान्य रहेको प्रहरी कार्यलयका प्रमुख कृष्ण कार्कीले बताए ।
Previous Articleइन्टरनेटबिना बाटो पत्ता लगाउन ‘म्याप्स डट मी’
Next Article ढोरपाटन नगर र ३ गाउँपालिकाको प्रस्ताव