विश्व हिन्दु महासंघ म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा ११ सदस्यीय वडा कार्यसमिति गठन भएको छ । कार्यसमितिको उपाध्यक्षमा टिकाकुमारी रेग्मी, सचिवमा केदारनाथ पौडेल र कोषाध्यक्षमा भेषनाथ पौडेल रहेका छन् ।
यसैगरी सदस्यहरुमा पुरुषोत्तम उपाध्याय, गोविन्द पौडेल, विना खड्का, शान्ति खत्री, खेमराज पौडेल, डेगबहादुर खत्री र भूपेन्द्रबहादुर बानियाँ चयन भएका छन्भने सल्लाहकारमा मोहनप्रसाद रेग्मी, नन्दलाल अधिकारी, लिला अधिकारी, पुरुषोत्तम शर्मा र नारायणदत्त पौडेल चयन भएका छन् ।
भेलामा पण्डित दण्डपाणि उपाध्याय, दीर्घबहादुर बानियाँ, गणनाथ पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए । विश्व हिन्दु महासंघ म्याग्दीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षता र सहसचिव छविलाल पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।