आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल फुल । हुन त आजको दिनलाई विश्वका धेरै मुलुकहरुमा अरुलाई दुःख दिने दिनका रुपमा लिने गरेको भएपनि यसको भित्रि अर्थ र गहिराइमा पुग्नु भन्दा पनि कसैले मान्दै आएको संस्कार अनि रितिथितिको खिल्ली उडाउने दिन हो भन्दा पनि त्यत्ती फरक नपर्ला । १७ औं सताब्दी सम्म अप्रिल महिनाको पहिलो दिन नयाँ वर्षको रुपमा मनाइन्थ्यो । सन १८५२ मा ग्रेगरी अष्ठमेल नामका पोपले ग्रेगेरियन क्यालेण्डरको घोषणा गरी त्यसको आधारमा जनावरीबाट नयाँ वर्ष शुरु हुने प्रचलन ल्याए । तर युरोपमा ग्रेगेरियन क्यालेण्डरलाई स्वीकारेका थिएनन् भने कतिपयलाई थाहै थिएन । थाहा नभएका अनि नस्वीकारेकाहरुले अप्रिलमा नयाँ वर्ष मनाउन थालेपछि उनीहरुलाई मुर्ख मान्दै जाँदा कालन्तरमा अप्रिल १ गतेलाई नै मुर्ख दिवसको रुपमा स्थापित गर्न पुगिएको जनश्रुति रहेको पाइन्छ ।
यूरोपका अनेक राष्ट्रका मनिसहरुले ग्रेगेरियन क्यालेन्डरलाई कदापी स्वीकारेका थिएनन् भने कतै मानिसहरुलाई पात्रो परिवर्तन भएको जानकारी नै थिएन । नयाँ अंग्रेजी क्यालेन्डर अनुसार जनवरीको पहिलो दिनलाई नयाँ वर्ष मनाउने मानिसहरुले त्यही पूरानै जुलियन क्यालेन्डर अनुसार अप्रिल महिनाको प्रथम दिनलाई नै नयाँ वर्ष मान्ने मानिसहरुलाई मूर्ख तथा परम्परावादी मान्दै तिरस्कार पनि गर्न थालेका र पछि विस्तारै त्यसबेलादेखि विश्वभर अप्रिल प्रथम दिनलाई अप्रिल फूल अर्थात् विश्व मूर्ख दिवसका रुपमा मनाउने संस्कारको प्रचलन बढ्दै गएको भन्ने भनाई आम माानिसमा रहेको छ । यसको यथार्थ विवरण तथा कुनै तथ्य सार्वजनिक नभएको भएपनि यसलाई मुर्ख दिवस मान्नेहरुको भिड पनि कम भने पक्कै छैन ।
कुनै समय कसैको कमजोरी वा कसैको अपनत्व अनि कोहीले आदर्श छाँट्दै फुर्ति गर्ने विषय थियो अप्रिल नभै जनावरीलाई नयाँ वर्ष बनाउनु र मनाउनु । नेपाली विक्रम सम्बतको क्यालेण्डर हेर्ने हो भने पनि त्यसको नजिक हो कि जस्तो देखिन्छ । किन भने अप्रिलको पहिलो दिनको झण्डै दुई हप्तामा नेपाली नयाँ वर्ष पनि आउँछ । यसले के देखाउँछ भने अप्रिल १ विश्वभर नै नयाँ वर्षको पहिलो दिन थियो भन्ने । तर अहिले जसरी अप्रिलको पहिलो दिन दुःख दिने र अरुलाई सताउने दिन हो भन्ने जुन मान्यता दखिन्छ यसले पक्कै पनि गलत सन्देश दिन्छ नै । आजको दिन रमाइलो गर्ने नाउँमा अरुलाई सताउने र दुःख दिएर रमाइलो गर्ने रुपमा मनाउनु हुँदैन । सबैले आफूलाइ हुने पिडा र अरुलाई हुने पिडाको महत्व र मूल्य उस्तै हुन्छ भन्ने हेक्का राख्दै अप्रिल १ मनाउँ ।
Previous Articleपर्यटन प्रवर्धनका लागि पदयात्रा
Next Article हावाहुरीको पिडा, स्तब्ध बनाउने १२ तस्बिर