सरकारले बारा र पर्साको विभिन्न स्थानमा हुरी बतासमा परी मृत्यु हुनेहरुको संख्या २७ जना पुगेको पुष्टि गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार १२ बजे बारा र पर्साको विभिन्न स्थानमा हुरी र बतासमा परी ज्यान जानेहरुको संख्या २७ जना पुगेको पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार हावाहुरीबाट २६ जना र पर्सामा १ जना गरी २७ जनाको ज्यान गएको हो ।
हावाहुरीबाट बाराको फेटा गाउँपालिकास्थित पुरेनियामा सबैभन्दा बढी क्षति पुगेको छ ।
अहिले स्थानीय प्रशासनले घटनामा कति धनजनको क्षति भएको हो ? त्यसको विवरण संकलन गर्ने कार्य सुरु गरेको छ ।
फेटा गाउँपालिकास्थित पुरेनिया पुगेर रातोपाटीका वीरगन्ज प्रतिनिधि अमित अग्रवालले खिचेका तस्बिर हेर्नुहोस्ः