ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ६ जना मध्ये चारजनाको सनाखत भएको चक्रपथ डटकमले समाचार प्रकाशन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृत्यु हुनेहरुमा ताप्लेजुङ थप्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिंमा शेर्पा, सोही ठाउँका ४५ वर्षीय सांगेल शेर्पा, काठमाडौँ बौद्धका ३५ वर्षीय नुर्भु शेर्पा र सोही ठाउँका वाङदा शेर्पा रहेका छन् ।
दुई जनाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइते तीनजनालाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको छ ।
सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ( ६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको हर्कपुर प्रहरी चौकीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।