राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्व निर्धारीत समयमा नहुने पक्का भएको छ । तर पनि अहिले राखेपको बोर्ड बैठकले आगामी नयाँ वर्ष २०७६ बैशाख ५ देखि ११ सम्म बाँकेको नेपालगञ्जमा प्रतियोगिता आयोजना गर्ने निर्णय सँगै अब भने खेलकुद प्रतियोगिता हुन्छ कि भन्ने आशा जागेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने देशैभरबाट खेलाडी छनौट सकिएको छ । भौतिक पूर्वाधार निर्माणको कार्य मात्र केही हदसम्म ढिला भएको हो र यसैलाई कारण देखाउँदै खेलकुद प्रतियोगितालाई धकेल्दै जाँदा अहिले अब बैशाख ५ गते बाट गर्ने पक्का भएको राखेपले बताइ रहँदा ढुक्क हुने अवस्था भने पक्कै पनि छैन ।
अघिल्लो पटक २०७३ सालमा राष्ट्रिय खेलकुद प्रतियोगिता भएको कारणले गर्दा २०७५ भित्रै प्रतियोगिता सम्पन्न गर्नु पर्ने थियो । तर त्यसो हुन सकेन । किन त्यो भयो भन्ने अर्कोपाटो हो तर नेपालमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताहरु समयमै हुन सक्दैन भन्ने जुन आरोप थियो त्यसलाई यस पटकको आठौं खेलकुदले थप मजबुत बनाउने काम भने पक्कै पनि गरेको छ । पटकपटक सर्दैसर्दै आएको खेलकुद प्रतियोगिता अन्तिम समयमा पनि चैत भित्रै सम्पन्न गर्ने भन्ने थियो । तर मैदान तथा प्याराफिट तयार नभएको भन्दै ढिलासुस्ती हुँदाहुँदै अर्को वर्षका लागि तोकीएको छ । खेलकुद प्रतियोगिताको मिति त तोकीयो तर त्यही तोकीएकै समयमा होला त भन्ने आशंका अझै मेटीएको भने पक्कै पनि छैन । आठौं राष्ट्रिय खेलकुदका लागि सबै जसो खेलकुदका खेलाडीहरु छनौट भएर तयारीको चरणमा रहेकाले अब भने तोकीएको मितिमै सम्पन्न गर्नका लागि दवाव सृजना सबैले गर्न पर्ने आवश्यकता पनि हो ।
शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद्(राखेप)को बोर्ड बैठकले बैशाख ५–११ नेपालगञ्जमाा खेलकुद आयोजना गर्ने जसरी मिति तय गरेको छ त्यसलाई खेलाडीहरुले सकारात्मक मान्दै थप उत्साहीत बनेका छन् । नेपालगञ्जको शहिद रंगशाला निर्माण सम्पन्न नभएको भन्ने कारण देखाउँदै ढिलाइ गरीएको खेलकुदको अब भने काम सकिन लागेकोले तोकीएकै मितिमा खेलकुद हुने राखेपले अपेक्षा गरे अनुरुप नै खेल अगाडी बढोस भन्ने सबैको चाहना हो । सबै खेलाडीहरुको आशा अनि आफ्नो एक्पोजर प्रस्तुत गर्ने माध्यम राष्ट्रिय खेलकुद समयमै होस सबैको कामना छ । यही राष्ट्रिय खेलकुदबाट छनौट भएका खेलाडीहरुले दक्षिण एसियाली खेलकुदमा पनि भाग लिने भएकाले पनि यसलाई विशेष रुपमा हेर्न जरुरी छ । सबै खेलाडीलाई जितका लागि शुभकामना ।
Previous Articleगण्डकी प्रदेश स्तरीय पहिलो उसु प्रतियोगिता बेनीमा हुँदै
Next Article ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको मृत्यु