म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले म्याग्दीमा रु १० लाखको बहुउदेश्यीय अक्षयकोष स्थापना गर्नका लागि तयारी थालेको छ । अक्षयकोष स्थापनाको लागि नयाँ बर्ष २०७६ को अवसर पारेर मोना कतारले कतारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ ।
आगामी अप्रिल २६ शुक्रबार कतारको डल्ला ड्राइभिङको हलमा आयोजना गर्न लागिएको साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरुको साँगितिक प्रस्तुती रहने मोना कतारका साँस्कृतिक विभागका महेन्द्र बोहोराले इरुप्सेलाइ बताए । सो कार्यक्रममा कतारमा रहेका म्याग्देली सहित सम्पूर्ण नेपाली र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाइ आमनत्रण समेत गरीएको समेत बोहोराले जानकारी दिए ।
कार्यक्रममा म्याग्देली लोक गायक कुमार पुन, गायिका अमृता श्रीपाल लगायतका चर्चित कलाकारको साँगितिक प्रस्तुती रहनेछ । मोना कतारले म्याग्दी जिल्लामा विभिन्न सामाजिक कार्यमा समेत सघाउँदै आएको छ ।