म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको महारानी क्षेत्र विकास समितिको शनिबार चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले महारानी क्षेत्र सबैको आस्थाको धरोहर भएको बताएका छन् । उनले नगरपालिकाले नगर क्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासमा जोड दिएको बताउँदै महारानी क्षेत्रको विकासमा आवश्यक सहयोग गरिने बताए ।
कार्यक्रममा बेनपा–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, महारानी क्षेत्र विकास समितिका पूर्व अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पौडेल, बेनी शिवालय मन्दिर संरक्षण समितिका अध्यक्ष बिक्रम श्रेष्ठ, लायन्स क्लब अफ बेनी महारानीका अध्यक्ष हिरादेवी उपाध्याय र गणेश आमा समुहका अध्यक्ष बबिता सापकोटाले महारानी क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले महारानी क्षेत्रको रणनैतिक योजना बनाएर अगाडि बढ्ने र पूर्वाधारहरुको विकास गरेको खण्डमा धार्मिक पर्यटन बढाउन सकिने धारणा राखेका थिए । साधारणसभाको अवसरमा सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम महारानी क्षेत्र विकास समितिका अध्यक्ष अमृतदेवी बानियाँको अध्यक्षता तथा स्वागत र सचिव उमा रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleरुप्से दैनिक ! ०१ चैत्र, २०७५
Next Article रुप्से दैनिक ! ०२ चैत्र, २०७५