बागलुङ, १३ कात्तिक – उमेरले ८२ बर्षको भएपनि उनको फुर्ती उस्तै छ । बिहान उठेर युवाहरु जस्तै घुमफिर गर्ने र घरमा बसेर औषधि बनाउने उनको दैनिकी हो ।
बागलुङ नगरपालिका १ रामरेखाका ८२ बर्षिय रनबहादुर बोहोराले मेडिकल औषधिले सन्तुष्टी नपाएका सयौंलाई घरैमा बनाएको आर्युवेद औषधिले निको पार्न सफल भएका छन् । बुढ्यौलीमा पनि उनी यो काममा अझै सक्रिय छन् ।
बोहोराले अहिले पनि दुइसय प्रकारका औषधि बनाउँछन् । उनको सम्पर्कमा उपचार गर्न आएका अधिकांसलाई सन्तुष्टी पनि दिएका छन् । आफ्नै पाखोबारी र नजिकका वनजंगलमा पाइने जडिवुटि संकलन गरेर उनले औषधि बनाइ रहेका हुन् ।
११ बर्षको उमेर देखि बाबुको सहारामा काम थालेका उनले अहिले सम्म निरन्तरता दिएका छन् । ‘बाबुले जन्मेदेखि यही काम सिकाए, जीवन औषधि बनाएर बित्यो’ बोहराले भने,‘विरामीको उपचार गर्ने डाक्टरले पनि मेरो आर्युवेद औषधि लगेर खाएरका छन् ।’ उनको औषधि लगेका डाक्टरले पनि निको भएर धन्यवाद दिएको उनले सुनाए ।
जडिबुटी पिसेर उनले ग्याष्टीक, गानोगोला, कुफत, ज्वरो, आँखा दुख्ने र पाक्ने, कानको समस्या, उकुज, विभिन्न घाउखटिरा तथा क्यान्सर रोगको समेत उपचार गराएर निको पारेको दावी समेत गरेका छन् । बानपा २ को हल्लनचोकमा घुम्ती बनाएर बसेका बोहोरा २ बर्षदेखि घरैमा बसेर औषधि बनाउदै विक्रि गर्छन् । देशभरका अधिकांस जिल्लाबाट आएका विरामीको उपचार गरेको उनले बताए । ‘ग्याष्टीक भएर समस्या पर्दा मलाइ उपचार गरेर सञ्चो बनाएका छन्’ धादिङबेसीका रामबहादुर श्रेष्ठले भने,‘तोकिदिएको मात्रा पुरै सेवन गरेर भनेबमोजिम गर्दा दोहोरिएर समस्या नपर्ने रहेछ ।’ बोहराले केही क्यान्सर विरामीलाई पनि निको बनाएको दावी समेत गरेका छन् ।
विद्यालय तहको औपचारिक शिक्षा नपढेका बोहराले अक्षर लेखपढ गर्न भने जान्दैनन् । जंगलको जडिवुटि सहित यार्सागुम्बा, पाँचऔले, सिलाजित र कालसिन्कीलाई औषधि निर्माणमा प्रयोग गरेका छन् । अन्य जडिबुटीको नाम भने उनले बताएनन् । ‘जडिबुटिको मात्रा अनुसार फरक फरक रोगको उपचार गर्ने औषधि बन्छ’ बोहोराले भने,‘साइड इफेक्ट नपर्ने भएकोले पनि अधिकांस विरामीहरुले एकपटक आर्युवेदी उपचार गराउने गरेका हुन् ।’ बोहोराका अनुसार आफ्नो सेवाले पछिल्लो समयमा राम्रो बजार पाएको समेत बताएका छन् ।
धौलागिरि आयुर्वेद औषधालयले पनि उनको औषधि तथा उपचार पद्धतीलाई स्वीकृत स्वरुप प्रमाणपत्र दिएको छ । आफ्नै बाबुबाट सिकेको सिप भएकोले छोराछोरीलाई पनि सिकाउने प्रयास गरेपनि सफल हुन नसकेको उनले बताए । ‘यस्तो सिप युवापुस्तामा हस्तान्तरण गर्न पाएमा बर्षौ सम्म उपचार पद्धतीले पनि निरन्तरता पाउने थियो’ बोहोराले भने,‘विदेशमा काम गर्न गएपनि छोराछोरी र अन्य युवाहरुले यो पेशालाई वास्ता गरेका छैनन् ।’
उपचारका लागि को आए भन्ने लिखित दस्तावेद नराखेपनि मेडिकल क्षेत्रका डाक्टर देखि अन्य ठूला मानिसहरुले पनि सेवा लिएको उनको अनुभव छ । बाबुले आर्युवेद औषधि खुवाएर बाल्यकालको रोग निको पारेपछि अहिले सम्म अस्पताल गएर औषधि नखाएको बोहोराले बताए । ‘मेडिकल औषधि खाएको अनुभव मैले गरेको छैन’ घरमा बनाएको विभिन्न धुलो खाँएकोले मलाइ अहिले सम्म कुनै रोग लागेको पनि छैन ।
पछिल्लो समयमा बुढ्यौली लागेपछि बोहोरा जडिवुटि खोज्ने काममा हिड्न भने कम गरेका छन् । उनले जडिवुटि खोजेर ल्याइ दिनेलाई उचित पारिश्रमिक तथा मूल्य दिने गरेको बताए । ‘कसैले पनि नचिनेका औषधि आँफै खोज्छु, चिन्ने जडिवुटि ल्याइदिनेलाई ज्याला दिने गरेको छुु’ बोहोराले भने ।
Previous Article१३ कात्तिक २०७३, ढोरपाटन दैनिक
Next Article राष्ट्रपति मुखर्जीको पोखरा घुम्ने कार्यक्रम स्थगित