अमेरिकाको सान फ्रान्सिस्को बेमा यसै हप्ता दुईवटा विशाल ह्वेल माछाका लाश फेला परेका छन् ।
ती दुईमध्ये एक ह्वेल माछा कुपोषणका कारण मरेको जलचरविज्ञहरूले बताएका छन् ।
अर्को ह्वेल माछा चाहिँ कसरी र किन म–यो भनी पत्ता लगाउन वैज्ञानिकहरू असमर्थ रहेको मरिन म्यामल सेन्टरले जनायो ।
मरेको एक खैरो ह्वेल माछाको लाश पन्छाउनका लागि मरिन म्यामल सेन्टरका विज्ञहरू र क्यालिफोर्निया एकेडमी अफ सायन्सेजका साझेदारहरूलाई निकै गाह्रो परेको थियो ।
एसोसिएटेड प्रेसबाट