बुधबार दिउँसाे म्याग्दी नदिमा पौडी खेल्ने क्रममा डुबेर एक जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।
बेनी बजार स्थीत बस्दै बस्दै अन्नपुर्ण गाउँपालिका ८ राम्चे घर भै बेनी नगरपालिका ७ बस्ने हेमचन्द्र गर्बुजा बेपत्ता भएका छन् भने बेनी ७ महारानी थान बस्ने निलप्रसाद छन्त्याल भने फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार नदीमा बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा गएको १५ जनाको टोलीले छन्त्याललाइ घटना स्थल भन्दा एक किलोमीटर तल फेला पारेका थिए भने गर्बुजा भने बेलुका ६ बजे सम्म फेला पर्न सकेका छैनन् ।