म्याग्दी प्रवासी नेपाली संघ मोना कुवेतकाे अध्यक्षमा बेनी नगरपालिका ३ का प्रेमबहादुर विश्वकर्मा अध्यक्षमा चयन भएका छन् । शुक्रबार भएको मोना कुवेतको अधिववेशनबाट मोना कुवेतको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
कुवेतको फवोनिया स्थित अडोटेरियल हलमा सम्पन्न भएको म्याग्दी प्रवासी नेपाली संघको प्रथम अधिवेशनबाट महिला उपाध्यक्षमा आशा बस्याल, उपाध्यक्षमा दीपक छन्त्याल मंगला गाउँपालिका, खिम गिरी मंगला गाउँपालिका, मन फगामी मालिका गाउँपालिका, महाँसचिव इन्द्र विक मंगला गाउँपाललिका, सचिव शेर सुनार मंगला गाउँपालिका, सहसचिव तेजेन श्रेष्ठ बेनी नगरपालिका, कोषाध्यक्ष कृष्णप्रसाद खड्का अन्नपूर्ण गाउँपालिका, सहकोषाध्यक्ष तुलबहादुर पुन मालिका गाउँपालिकाका निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यमा बेनी नगरपालिकाका अर्जुन शाही, खेम परियार, अन्नपुर्ण गाउँपालिकाका झलक बरुवाल, धौलागिरी गाउँपालिका चित्र विश्वकर्मा, मंगला गाउँपालिकाका बाबुराम गौतम, बेनी नगरपालिकाका लालु परियार, मालिका गाउँपालिका रुविन जुग्जाली, बेनी नगरपालिकाका जस विश्वकर्मा , धौलागिरी गाउँपालिका विमल पुन, मालिका गाउँपालकाका लोकेन्द्र फगामी र रघुगंगा गाउँपालिकाका अमर कटुवाल चयन भएका छन् ।