सन्तोष कटुवाल / ई रुप्से ड्ट्कम
ओमन । ३७ औ ऐतिहासिक मगर दिवसको उपलक्ष्यमा नेपाल मगर सँघ ओमानले ओमानको राजधानी मस्कटमा १ मार्च शुक्रबारको दिन चौथौ बृहत् साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।सँघका अध्यक्ष सुर्य बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमूख अतिथी नेपाली दुताबास ओमानकी श्रम सहचारी श्री कृष्णा गौली,विशेष अतिथि गैर आबासिय नेपाली सँघका सचिब डिबि क्षेत्री,अन्तर्राष्ट्रिय मगर मञ्चका सदस्य तथा मगर मध्यपुर्व सँयोजक गिरमान थापा मगर रहनुभएको थियो । ओमनमा सक्रिय सबै सँघ सँस्थाका प्रमुख प्रतिनिधिहरु तथा अन्य समाजसेवी र केही सहयोगीहरुलाई आसन ग्रहण गराइएको थियो।
कार्यक्रमलाई नेपालबाट बोलाइएका कलाकारद्वय लोकप्रिय लोकदोहोरी गायिका तथा इन्द्रिणीकी सह-सञ्चालिका खिमा रोका मगर र लोकप्रिय लोकदोहोरी गायक तथा हास्यकलाकार कमल भट्टराईको बेजोड प्रस्तुतिले निकै मनोरञ्जनात्मक र भव्य बनाएको थियो साथै स्थानीय कलाकारहरुको प्रस्तुतिले अझ कार्यक्रममा रौनकता थपिएको थियो।
आयोजकको तर्फबाट मगर भाषाभेष सँस्कृति र सँस्कारलाई झल्काउने खालको नृत्यले सँघको उद्देश्यलाई केही हदसम्म पूरा गरेको थियो।कार्यक्रममा सलाम यएरको तर्फबाट दुईवटा यएर टिकट लक्की ड्र मार्फत प्रदान गरिएको थियो । लगभग साढे तीन सय जनाको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सँघका महासचिव सुशील पुन मगरले गरेका थिए । सहयोग कोषाध्यक्ष दिल राना मगरले गरेका थिए।कार्यक्रममा खाना नास्ताको व्यवस्था पनि गरिएको थियो ।