बागलुङ, १२ कात्तिक – काँग्रेसका पूर्व जिल्ला सभापति तथा सांसद प्रकाश शर्मा पौडेलले अवको पत्रकारिता विकासको हुनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघले भवन निर्माण सम्बन्धी जिल्लाका सांसदहरुलाइ विहिवार बुझाएको ज्ञापनपत्र बुझेपछि उनले राजनीतिक नेतृत्वले विकास बारे सोच्ने बेला आएको समेत बताए । उनले कर्मचारी र जनप्रतिनिधिले गरेको कमीकमजोरीलाइ संचारमाध्यममा ल्याउन पनि उनले आग्रह गरे । ‘जनप्रतिनिधि भएपछि जनताको पक्षमा काम गरेको छ छैन भन्ने यकिन गरेर समाचार आउन जरुरी छ’ उनले भने, ‘त्यो भन्दा महत्वपूर्ण पत्रकार पनि विकास प्रेमी बन्न सक्नुपर्छ ।’ भौतिक पूर्वाधार तथा अन्य सामाजिक विकासको लागि राजनीतिक दल, सांसद, कर्मचारी र पत्रकारको समेत साझा भावना र सोचाइ भएमा विकासले उचित सफलता पाउने उनले बताए ।
ठूला नेताको पछि पछि दगुर्ने विकासलाइ गाउँ सम्म लैजान अघिल्लो बर्ष सांसदहरुले कम्तिमा ३ करोड रुपैयाँ चाहिने भन्दै गरेको आन्दोलनले निर्वाचन क्षेत्रमा बजेट बढेर आएको उनले बताए । ‘अवदेखि गाउँमा पनि बजेट आउँछ, ठूला नेता भनेर पछि पछि जाँदैन’ उनले भने, ‘आएको बजेट सदुपयोग गर्न सबैको साझा अभियान र योजना बन्न जरुरी छ ।’ बागलुङ निर्वाचन क्षेत्र नं. १ की सांसद चम्पादेवी खड्का र क्षेत्र नं. २ का सांसद प्रकाश शर्मा पौडेलले संयुक्त रुपमा राखेको दिपाबली, छठ र बकरइदको शुभकामना कार्यक्रम तथा चियापानमा सहभािग माझ प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जिल्लामा बेवारिसे भेटिएका बालबालिका राख्ने भवनको समेत अभाव भएकोले पत्रकार महासंघ र बाल गृह सँगै बनाउने गरी पहल गर्न सबैलाइ आग्रह पनि गरे । उनले पत्रकार महासंघको भवन निर्माणका लागि संचालित रकक संकलन अभियानमा सांसद, जिविस, नगरपालिका, सरोकारवाला अन्य सबैले लगानी गर्नुपर्ने पनि बताए । उनको योजना अनुसार हाल जिल्ला स्वास्थ्य कार्यालय रहेको भवन अगाडिको स्थानमा भवन बनाएर बाल गृह र महासंघको कार्यालय समेत राख्न सकिने बताए । उ्रक्त स्थानबारे यस अघि पनि निर्णय भैसकेको छ । पत्रकार महासंघले पनि कार्यालय, सूचना केन्द्र र पुस्तकालय बनाउने लक्ष राखेको अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।
कार्यक्रममा जिल्लाका क्रियाशिल राजनीतिक दलका प्रमुख, सांसद नरबहादुर थापा, उद्योगी,व्यवसायी र सामाजिक अगुवाहरु समेत सहभागि भएका थिए । कार्यक्रममा दोश्रो शत्रको संचालन पत्रकार माहासंघका सचिव दिल शिरिषले गरेका थिए ।
Previous Article१२ कात्तिक २०७३, ढोरपाटन दैनिक
Next Article महाअभियोग प्रस्ताव पारित गर्न विद्यार्थीको दबाब