पोखरामा एक बालकको हत्याको आरोपमा जलजला गाउँपालिका मल्लाज पर्वतका २१ वर्षिय युवालाइ जिल्ला प्रहरी कार्यालय कास्कीले गिरफ्तार गरि सार्वजनिक गरेको छ । मंगलबार बिहान १४ वर्षिय बालकको हत्या आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।
यस्तो छ प्रहरीले सार्वजनिक गरेको विवरण जस्ताको तस्तै
घटनास्थलः जिल्ला कास्की, पोखरा-६, लेकसाईड खहरे, निर्माणाधिन ६ तलेको घरको भूई तल्ला, स्ट्रिट नम्वर १७
पिडितः पाल्पा जिल्ला, रम्वापानी गा.पा. घर भई लेकसाईड शान्तिनगर डेरा गरी बस्ने जित बहादुर सिंजाली को छोरा वर्ष १४ को सचिन सिंजाली
अभियुक्तः
१)बेनी काले भनिने, पर्वत जिल्ला मल्लाज वस्ने वर्षको २१ को कुमार गर्बुजा,
- मिति २०७५।१०।२९ गते विहान २.३० बजे प्रहरीलाई घटनाबारे जानकारी गराएको ।
- घटनास्थल सुरक्षित राखी विहान ६.०० बजेदेखि वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको ।
घटना विवरण
- मिति २०७५।१०।२८ गते १६. ०० बजे घटना घटेको स्थलमा (जहाँ सडक बालबालिका बस्ने गर्दथे) निज अभियुक्त बेनी काले भनिने, पर्वत जिल्ला मल्लाज वस्ने वर्षको २१ को कुमार गर्बुजा, मोटे भनिने सुसान्त परियार, डल्ली भनिने अन्दाजी वर्ष १४/१५ की सुनिता गुरुङ रक्सी पिएका र सोही समयमा मृतक गोरे भनिने सचिन सिंजाली आई उनीहरु संग रक्सी पिएको ।
- करिव १६.३०० बजे सेन्टरपोईन्ट भित्र मृतक सचिन, कुमार र सुनिता गुरुङ रु १०० को छ्याङ खान गएको ।
- १७.०० बजे देखि १९.०० बजेसम्म सेन्टरपोईन्टमा माग्न बसेको ।
- १९.०० देखि २१.०० बजेसम्म क्याम्पिङ चोकमा बाहुन भनिने बुद्ध रिजालसंग भेटि टहलिएको ।
- २१.०० बजे त्यहाँबाट निस्की पुन मृतक सचिन, कुमार, सुनिता, सुसान्त र घटनास्थल सुकदेव पुगेको । डेनड्राईट सुग्दै बसेको । सोही क्रममा सुनितासंग सचिन बोलेको विबाह गर्ने कुरा गरेको उक्त कुरा सुने पछि मूख्य अभियुक्तलाई भित्र भित्र आफ्नो गर्लफ्रेन्डसंग त्सस्तो कुरा गर्दा जलन भएको । कुमारले मानमा म केही गरेर देखाउछु भन्ने सोचेको ।
- डल्ली भनिने सुनिता १०.३० बजेतिर पृथ्वी चोकतिर सुत्न भनी गएकी त्यस पछि कुमार, मृतक सचिन, सुशान्त, सुकदेव माग्न भनि बिजिबि अगाडि गएको र मागेको
- करिव १२.०० बजे तिर पुन सुत्ने स्थान (घटनास्थल) पुगी २ बोतल बियर र एउटा स्याउको रक्सी (बटारे) पिउन शुरु गरेको ।
- २ जना बालकहरुलाई तिमिहरु सुत भनी सुत्न लगाएको तर निदाएका भने थिएनन् ।
- २ जना रक्सी पिउदै गर्दा कुमार र सचिन बिच पुन केटीको (सुनिता) को विषयमा बादबिवाद हुँदा सचिनसँग भएको सानो हाते चक्कु निकाली अभियुक्त कुमारलाई खुट्टामा प्रहार गरी घाईते बनाएको। कुमारले चक्कु खोसी घोप्टो पारी घाटि सेरेको । सोही चक्कुले पेट र ढाडमा २/३ पटक प्रहार गरी करिव १२.४५ बजे फरार भएका ।२ जना बालकहरु पनि डरले कुमार संगै डरले काप्दै भागेका ।
- ट्याक्सी रिजर्व गरी पृथ्वी चोकमा झरी शान्तीवन बाटिका जाने बाटोमा भित्र चक्कु ढुंगाले छोपी पुन पृथ्वी चोकमा फर्केको
- २ जना बालकहरुलाई त्यही छाडि पुन कुमार घटनास्थल हेर्न भनी करिव २.१५ बजे ट्याक्सी मै आएको मृत देखेपछि उत्तानो बनाई सुताई बाहिर निस्की ट्याक्सी रोकी प्रहरीलाई खबर गर्न भनेको ।
- ट्याक्सीले सेन्टरपोईन्टमा आई प्रहरीलाई १०० मा फोन गरी खबर गरेको ।
- प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान थालेको ।
- प्रहरीले २९ गते बिहान बेनी कालेलाई लेकसाईडबाट समातेको , सुकदेवलाई बराहीघाटबाट समातेको, सुशान्तलाई न्युरोडबाट समातेको ।
- लुकाईएको चक्कु आज दिउसो १२.०० नै बरामत गरिएको ।
- सम्पुर्ण अभियुक्तहरु १० घण्टा भित्र समातिएका ।
साथै अभियुक्तले भने झै निजहरु राति १२.०० बजे ४ जना मृतक सचिन, अभियुक्तहरु कुमार, सुकदेव, सुशान्त १२.०८ मिनेट जाँदा हल्लिदै घटनस्थलमा भएको निर्माणाधीन घरभित्र प्रवेश गरेको देखिन्छ र १२.४६ मिनेटमा मृतकबाहेक ३ जना अभियुक्त बाहिर निस्केको बैदाम प्रहरीको सिसि क्यामेरा मा कैद भएको देखिन्छ ।
प्रवक्ता : (प्रहरी नायव उपरीक्षक ) रविन्द्रमान गुरुङ-९८५६०३५५१२
जिल्ला प्रहरी कार्यालय कास्की |
पुन सिसि क्यामेरामा २.१३ बजे कुमार एक्लै भित्र छिरेको र २.१४ मा बाहिर निस्की ट्याक्सी रोकेको प्रष्ट बैदाम प्रहरीको सिसि क्यामेरामा कैद भएको देखिन्छ ।