प्रणय दिवसको पूर्वसन्ध्यामा गीतकार सुरेश वाग्लेको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायक राहुल विश्वास र गायिका स्नेहश्री थापाको यूगल गायनमा ‘मायामा तिम्रो…’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो ।
मेघराज लगुनद्वारा संगीतबद्ध सार्वजनिक गीतमा सुरेश वाग्ले र संगीतकार लगुन स्वयमकै रचना रहेको छ ।
सुमित विश्वकर्माको संगीत संयोजन रहेको गीतलाई भारतको कोलकत्ता तथा काठमाडौंमा रेकर्ड गरि चेन्नईमा मिक्सिङ तथा मास्टरिङ गरिएको थियो।
सार्वजनिक गीतको भिडियोमा विकास सुवेदीको निर्देशन तथा कलाकारहरु पल शाह र आँचल शर्माको अभिनय देख्न सकिन्छ ।
कलाकार शाहले सार्वजनिक म्युजिक भिडियोप्रति निकै उत्साह ब्यक्त गरेका छन् भने शर्माले पनि आफ्ना म्युजिक भिडियोको करियरमा सार्वजनिक म्युजिक भिडियो आफ्नो रोजाइमा परेको प्रतिक्रिया दिइन् । भिडियोमा गीतकार वाग्ले तथा सुशिल काफ्लेको पनि अभिनय देख्न सकिन्छ ।
अनिल के. मानन्धरद्वारा छायांकन गरिएको उक्त भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा अभिनाश मानन्धरले ड्रोन पाइलट तथा सहायक छायांकारको रुपमा काम गरेका छन् ।
गीतकार वाग्लेले केही समय अघि सार्वजनिक अञ्जु पन्त र मनोजराज शिवाकोटीद्वारा स्वरवद्ध गजल ‘सम्झे पनि…’ दर्शक तथा स्रोतामाझ लोकप्रिय भइरहेका समयमा ‘मायामा तिम्रो…’बोलको गीतलाई पनि दर्शक तथा स्रोताले मन पारउनेमा आफू आशावादी रहेको बताए । यसअघि रचनाकार वाग्लेको १० वटा गीत समावेश एकल एल्बम ‘तिमी साथ भएपछि…’ सार्वजनिक भएको थियो, जुन दर्शक तथा स्रोतमाझ लोकप्रिय बनेको थियो ।