अमेरिकाको वाशिङटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले महिलाको दिमाग पुरुषको तुलनामा बढी जवान हुने दाबी गरेका छन् ।
पुरुषको दिमाग उनीहरूको उमेरभन्दा २.४ वर्ष बढी हुन्छ भने महिलाको दिमाग उमेरभन्दा ३.८ वर्ष कम हुन्छ । बीस वर्षको उमेरका मानिसमा यो आँकडा बढी सटीक पाइयो ।
यो अनुसन्धानको निष्कर्ष नेसनल एकेडमी अफ साइन्स पत्रिकामा प्रकाशित गरिएको हो । अनुसन्धान २०५ मानिसमाथि गरियो ।
अनुसन्धानमा एरोबिक ग्लाइकोसिस प्रक्रियाका बेलामा मस्तिष्क शर्कराको प्रयोग कसरी हुन्छ भनी जान्ने कोशिश गरिएको थियो । यो प्रक्रियाले दिमागको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । उमेर बढ्दै जाँदा यो प्रक्रिया सुस्ताउँछ ।
अनुसन्धानमा २० वर्षदेखि ८२ वर्षका १२१ महिला र ८४ पुरुष सहभागी थिए । उनीहरूको मस्तिष्कमा अक्सिजन र ग्लुकोजको सञ्चार कति हुन्छ र दिमागका फरक फरक भागमा चिनीको प्रयोग कति हुन्छ भनी पत्ता लगाइयो ।
अनुसन्धानका क्रममा कृत्रिम बौद्धिकताको सहायताले मेटाबोलिजमको आधारमा महिला र पुरुषको दिमाग तथा उमेरमा के सम्बन्ध हुन्छ भनेर पनि हेरिएको थियो ।
लिंगसँग जोडिएका फरक फरक कारणको मस्तिष्कको उमेरमा के प्रभाव पर्छ भनी जान्ने अब वैज्ञानिकहरूको लक्ष्य छ । मस्तिष्कको रोगको कारण यो कसरी बन्छ भनेर पनि उनीहरूले हेर्नेछन् ।
मस्तिष्क मेटाबोलिजममार्फत महिला र पुरुषको उमेरमा देखिने परिवर्तन बुझ्न सहायक हुनेछ ।
एजेन्सी