
नेकपा भित्रको बिबादका बारेमा अनेक अडकल बाजि भैरहेको बेलामा नेकपाका महासचिब बिष्णु पौडेलले पार्टी एकताबद्ध भएको म्यासेज भित्र र बाहिर एकसाथ दिएका छ्न ।
रुपन्देही पुगेर पार्टी अध्यक्ष पुष्पकमल दहालको भेनेजुयला सम्बन्धी बक्तब्य आधिकारिक हो भनेर बोलेका पौडेलले पार्टीमा सर्कुलर गर्दै यहि २०७५ फागुन १ गते केन्द्र , प्रदेश र जिल्ला पार्टी कार्यालयहरुमा जनयुद्ध दिवसको तयारी गर्नुस भनेर अर्को म्यासेज दिएका छ्न । पार्टी भित्रै बाट अन्तरबिरोध बढाउने खालका अभिव्यक्ति आइरहेको बेला पौडेल एक कदम अगाडि सरेर अध्यक्षद्वयलाइ मिलाउन सक्रिय देखिन्छ्न । यहि खुबीका कारण ओलि र दहालले उनलाई महासचिब बनाइएको समेत चर्चा चल्ने गर्दछ ।