बेनीबाट रघुगंगा –२ भतवती तर्फ जाँदै गरेको ग १ ज ५८९९ नम्बरको जीप रगुगंगा ३ पिप्लेमा दुर्घटना हुँदा जीपमा सवार १३ जना घाईते भएका छन ।
रघुगंगा–३ पिप्लेकी महिला सरस्वती (काली) दमिनी लाई थप उपचारकालागी हेलिकोप्टरबाट पोखरा पठाइएको छ । परियारको अन्दाजी ३५ हप्ताको गर्भ रहेको बेनी अस्पतालले जनाएको छ ।
‘घाईतेमध्य एक महिलाको छाती भित्र रक्तश्राप भैरहेकोले अवस्था गम्भीर छ’ बेनी अस्पतालका डा– नवराज बास्ताकोटीले भने, ‘गम्भीर घाईते महिलाको भिडियो एक्सरे हेदाए उनी ३२ देखी ३५ हप्ताको गर्भवती हुन ।’
गाइते हुनेहरुमा जलजला मल्लाज पर्वतकी सृजना जिसी, उनका एक बर्षिय छोरा आभान, बेनी नगरपालिका, ८ की दुर्गा पौडेल, रघुगंगा–२ भतवतीका कर्णबहादुर कार्की, आरोसी घर्ती, डिलबहादुर सार्की, सम्झना भण्डारी, गोविन्द शर्मा, रघुगंगा ३ पिप्लेका राजकुमारी मल्ल, सजनी मल्ल, सरोज बस्याल र चालक गोपी परियार रहेको अस्पतालले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर एवम् सूचना अधिकारी लोकबहादुर गुरुङले भने, ‘जीप सडकदेखी करिव एक सय मिटर तल झरेको बताएका छन् । दुर्घटनाको कारण खुल्न नसकेको इन्पेक्टर गुरुङ्गले बताए ।