गन्डकि प्रदेश समन्वय परिषद कतारको प्रथम साधारण सभाले कास्कीको हंसराज ढकालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा म्याग्दीका प्रेम रसाइली रहेका छन् भने प्रथम र द्वितिय उपाध्यक्ष पछि चयन गरिने भएको छ । त्यसैगरी समितिको महासचिवमा गोरखाका रामजी खत्री सचिवमा लमजुङका युवराज गुरुङ रहेका छन् । त्यस्तै कोषाध्यक्षमा पर्वताका अजय बिक रहेका छन् । एक जना सचिव पछि चयन गरिने छ । त्यस्तै १४ जना सदस्यहरुमा गण्डकी प्रदेशका कतारमा रहेका सामाजिक संस्थाहरुको अध्यक्ष पदेनसदस्य रहनेछन् । भने बाँकी रहेका पदाधिकारीहरु जिल्लाहरुको सिफारिसमा कार्यसमितिको बैठकले चयन गर्ने छ ।