विश्वका कुनै पनि देशहरुको प्रगति एवम् विकास भएको छ भने त्यो भनेको युवा परिचालनले नै हो । वर्तमान नेपालको अवस्था हेर्ने हो भने पनि झण्डै ४० प्रतिशतको हाराहारीमा नेपालमा युवाहरु रहेका छन् । नेपाली युवालाई सबल प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने पहलकदमी सबैले गर्नु आवश्यक छ र त्यसका लागि युवालाई नै परिचालन गर्ने हो । जव सम्म युवाले आफू र आफ्नो मुलुक बनाउने तर्फ सोच्दैनन् तब सम्म देश बन्ने भन्ने त सवाल नै उठ्दैन । विश्वको अवस्था हेर्ने हो भने पनि युवा अवस्थामै जो कसैले पनि परिवर्तनका लागि कदम चालेका छन् र त्यही कदम चाल्ने क्रम युवा अवस्थामा नै भएको छ ।
विश्वको अवस्था हेर्ने हो भने पनि हिटलर मुसोलेनी मात्र होइन नेपालमा जहाँनिया राणा शासनको सुरुआत गर्ने जंगबहादुर राणा हुन् वा विशाल नेपालको एकिकरण गर्ने पृथ्वीनारायण शाहले पनि युवा अवस्थामा नै विशाल नेपाल एकिकरणको अभियान थालेका थिए । त्यस्तै पृथ्वीनारायण शाह पछि बहादुर शाहले पनि युवा अवस्थामा नै काम गरेका थिए । अहिले विश्व महाशक्ति अमेरिकालाई चुनौति दिने उत्तर कोरियाका नेता किम पनि युवा नै छन् । त्यस्तै अहिले पछिल्लो समय भेनेजुयलामा भएको विवादमा पनि नेतृत्व गर्ने एक नेता पनि निकै कम उमेरका अर्थात् युवा नै छन् । भन्ने गरिन्छ पाको उमेर भए पछि मात्र काम गर्ने तर पनि युवा अवस्थामा नै धेरै प्रगति गर्न सकिन्छ अनि युवा अवस्थामा नै नेतृत्व अनि शारिरिक तथा मानसिक विकासका साथै आफू, समाज अनि मुलुक बनाउन सक्ने हुन्छन् ।
युवाहरुलाई कसरी परिचालन गर्ने भन्ने सन्दर्भमा दीर्घकालिन लक्ष्य भने पक्कै पनि आवश्यक हुन्छ । युवाको नेतृत्व तथा क्षमता विकास नगरे सम्म देश विकासका लागि सम्भव पक्कै छैन । मुलुकमा हामीले उद्यमशिलताको विकास र स्वरोजगार बनाउनका लागि भने राज्यले सोच्न पर्छ नै । जब सम्म युवाको पहुँच र सहभागिताको सुनिश्चितता हुँदैन तब सम्म विकास हुन्छ भनेर कल्पना त कसरी गर्न सकिएला ? हामीले समृद्ध राष्ट्र निर्माण गर्ने हो भने कुनै पनि हालतमा स्वस्थ कर्मठ र उद्यमी युवा नभए सम्म त सम्भव हुँदैन त्यो पक्का हो । हामीले युवाहरुका बारेमा खोज्दै गर्दा अधिकार र कर्तव्य प्रति युवालाई सचेत गराउन भने पर्छ नै ।
Previous Articleवर्षा र हिमपातले जनजीवन प्रभावित
Next Article गण्डकी कतार समन्वय परिषद्मा ढकाल