रघुगंगा गाउँपालिकाले प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । गएको सोमबार बसेको गाउँकार्यपालिकाको वैठकले वडा नम्बर ५ झिँमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको ३ नम्बर वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता जिवनबहादुर मल्लले जानकारी दिए । गाउँशिक्षा समितिको वैठक वसेर मिति तोक्ने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।
चिसो मौसम भएकाले फागुन महिना भित्र गर्ने सोच भएको उनले बताए । गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्नका लागि कार्यपालिकाको वैठकले ४ लाख रुपियाँ बजेट छुट्याएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश हँुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले खेलकुद मन्त्रालय र खेलकुद परिषद्सँगको समन्वयमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
प्रतियोेगितामा छात्र/छात्रा भलिबल र एथलेटिक्स बिधाका १५ खेल सञ्चालन गरिने भएको छ । गाउँपालिकाकामा रहेका ९ वटा माध्यमिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयले एक लाख रुपैयाँ बजेट पठाएको छ ।