निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशनले पुनः नारायण जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा विपिन खड्का, उपाध्यक्षमा मनोजकुमार खड्का, तमबहादुर चोचाङ्गी, महासचिव अमृतकुमार श्रेष्ठ, सचिवमा दिनेस के.सी र कोषाध्यक्षमा प्रकाश बानियाँ निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा बेनी नगरपालिकाका कुसलप्रसाद पौडेल, मंगला गाउँपालिकाका महेन्द्रकुमार आचार्य, मालिका गाउँपालिकाका गोपाल पौडेल, धौलागिरी गाउँपालिकाका रेशम पुन, रघुगंगा गाउँपालिकाका पवन कुमार मल्ल, अन्नपुर्ण गउँपालिकाका कृष्णबहादुर बरुवाल रहेका छन् । त्यस्तै खुल्ला सदस्य तर्फ नारायणकुमार बराल, कुशल घर्ती क्षेत्री, निरज भण्डारी, श्यामसुन्दर कँडेल चयन भएका छन् ।
मुख्य निर्वाचन अधिकृत ठहरबहादुर भण्डारीले निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ खुवाएका थिए । नवनिर्वाचित अध्यक्ष नारायण जिसीले प्रतविद्धता मन्तव्यका क्रममा जिल्ला भित्र रहेका निर्माण व्यवसायीलाई एकै ठाउँमा राखेर काम गर्ने बताएका थिए । उनले सबै पक्षलाई समेट्ने प्रयास गरीएको र आगामी दिनमा पनि यो कदम निरन्तर रहने बताउँदै जिल्ला भित्रका निर्माण व्यवसायीलाई काम गर्ने वातावरण सृजना गराउने तर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताएका थिए । कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष एकेन्द्रबहादुर रावल, सल्लाहकार नेत्रबहादुर महतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य सुरत के.सी.ले गरेका थिए ।
निर्माण व्यवसायीको अध्यक्षमा पुनः नारायण जि.सी.
Previous Articleरुप्से दैनिक ! २० माघ, २०७५
Next Article नौ महिनाकी बालिकालाई कलेजो प्रदान