नेपाली क्रिकेट टिमका ब्याट्सम्यान रोहितकुमार पौडेल सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी भएका छन् । सचिन तेन्दुलकर र शाहिद अफ्रिदी अन्तराष्ट्रिय क्रिकेटका लेजेन्ड हुन् । तर, नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले शनिबार यूएईविरुद्ध अर्धशतक बनाएसँगै दुबै लेजेन्डलाई पछि पार्दै दुर्लभ रेकर्ड बनाएका हुन् ।
यूएईविरुद्ध ५५ रन बनाएसँगै रोहित अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनी भर्खर १६ वर्ष १४६ दिनका भएका छन् । यसअघि टेष्ट क्रिकेटमा यो रेकर्ड तेन्दुलकरको नाममा थियो । उनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्ध ५९ रन बनाएका थिए । त्यस्तै एकदिवसीय क्रिकेटमा भने यो रेकर्ड पाकिस्तानमा शाहिद अफ्रिदीको नाममा थियो । १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध अफ्रिदीले सन १९९६ मा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए । अफ्रिदीभन्दा रोहित ७१ दिनले कान्छो छन् ।
रोहितकुमारले बनाएको ५८ बलमा ५५ रन पनि कीर्तिमानी सावित भएको छ । यससँगै १६ वर्ष १४६ दिनका नेपाली खेलाडी रोहित अन्तरराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाउने युवा पुरुष खेलाडी बनेका हुन् ।
रोहितले बनाए विश्वमै पहिलो सानो उमेरका युवाले अर्ध सतक
Previous ArticleNepal’s Rohit Paudel beats Sachin, Afridi, to become youngest male international half-centurion
Next Article नेपालको सानदार जित