
काठमाठौं – गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाससम्बन्धि ३० वर्षे सेवाअवधिलाई हटाएर उमेरहद र पदावधि मात्रै कायम गर्न संघीयि प्रहरी ऐन मस्यौदा बनाएको छ । गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेर रदावधि मात्र कायम गर्न लागिएको हो ।
अाजकाे नागरिक दैनिकमा खबर छ – नेपाल प्रहारी र सशस्त्र प्रहरीमा कायम ३० वर्षे सेवाअवधि अब हट्छ, हटाउनु पर्छ तर अहिले नै हट्छ कि कहिले भन्ने विायमा छलफल हुनुपर्छ,’ स्रोतने भन्यो । स्रोतका अनुसार गृहमन्त्री थापमकै सक्रियतामा ३० वर्षे सेवाअवधि हटाउन लागिएको हो ।