
काठमाडौं । न्युन आय भएका जनतालई राहत दिन सरकारले वितरण गर्ने अनुदानको चामल ने महंगोमा बिक्रि भएको छ । खाद्य संस्थानले हुम्ला, डोल्पा र काठमाडौंमा बिक्री गर्ने जापानी अनुदानको चामल निजी व्यापारीको भन्दा महंगो भएको हो ।
आजको कान्तिपुर दैनिकमा खबर छ – संस्थान स्रोतका अनुसार हम्लामा संस्थानले तोकेको र निजी व्यापारीको मूल्यामा १६ रुपैयाँको अन्तर छ । सरकारले हुम्लाका लागि प्रतिकिलो ६१ रुपैयाँ निर्धारण गरेको छ ।
अघिल्लो वर्ष तोकेको मूल्य अहिले पनि निरन्तर छ,’ संस्थानका एक अधिकारीले भने, ‘निजी व्यापारीले प्रतिकिलो ४५ रुपैयाँदेखि ५० रुपैयाँमा बिक्री गरेका छन् । जसले गर्दा अनुदानको चामलमा आकर्षण भएन ।’