मेरा यि अन्जुलिमा मायाको भिख भरिदेउ
प्रीय मलाइ माफ गरिदेउ
तिमि प्रती भयको अन्यायमा
मैले आवाज उठाउन सकिन
तिमि प्रती भयको बिभेदमा
मैले न्याय दिलाउन सकिन
प्रीय मलाइ माफ गरिदेउ”
मेरै आगनिको छेउमा उभियर
हजारौ पटक कुकुर संगै बसेर
टपरिमा भात खायको भुलेको छैन
चिया खायर
सयौ पटक सुन पानीले चोख्यायको दृश्य पनि
अझै ओझेल परेको छैन मेरो नजरबाट”
झुक्कियर मेरि आमा संग तिम्रो शरिर
गुन्द्री वा कपडाको फुर्कोले स्पर्स लिदा
नराम्रा सब्दका बाणले
तिम्रो मुटु रेटियको
निरिह लाचार भयर मैले टुलु टुलु हेरेको
मैले भुलेको छैन प्रीय
मलाइ माफ गरिदेउ”
धेरै पटक धारामा
झुक्कियर गाग्री छोइदा
तिमि माथी नै दुव्र्यवहार भयको
मैले कहिलै आवाज उठाउने साहस नगरेको
झल्झली याद आइरहेछ
आज सोच्दै छु मैले किन साहास गरिन ?
एत्रो अन्याय देखेर म किन मरिन ?
प्रीय मलाइ माफ गरिदेउ”
छुवाछुत जस्तो तुच्छ ब्यबाहार हुदा पनि
बर्सौ बर्स निरिह रहयौ
तिमि कति महान
कहिलै बिरोध गरिनौ
हासी हासी स्विकार्यौ गल्ती मानेर
जुन गल्ती तिमिबाट भयकै थियन
तर म के गरु प्रीय
तिमिलाइ अन्धो कानुनले न्याय नै दियन
म पनि अन्यायको बिरुद्द बोल्नै सकिन
प्रीय मलाइ माफ गरिदेउ”
तिम्रो भाइ र म
साथी हुनुको नाताले
एउटै ओछ्यानमा सुत्दा
म स्वयम छुवाछुतको शिकार भयँ
मलाइ नै निच ब्यबाहार गरियो
प्रीय मेरो घर मै बिभेद छ
आमाले पकायको बाबा खादैनन
भाउजुले पकायको आमा खादिनन
ब्रामण भित्रकै बिभेद हटाउन नसकेको म
तिमिलाइ कहाँ बाट न्याय दिलाउ ?
प्रीय मलाइ माफ गरिदेउ”
दुनिया साक्षी छ
तिमि पनि चुच्चे
म पनि चुच्चे
हाम्रो शरिरको रंग पनि फरक होइन
सस्कार सस्कृती आजा पुजा
सबै सबै उस्तै
भावना त म मा भन्दा कैयौ गुणा बढी तिमिमा थियो
तर मिल्दैनथ्यो केबल चुलो र चौको
तर पनि मैले बोल्ने आँट गरिन
मलाइ माफ गरिदेउ”
एक्काइसौ सताब्दिमा
तिमिलाइ हिन्नताबोध भयर होला
सहन सक्ती सकियर होला
आफै माथी घिणा पैदा भयर होला
वा आफ्नो बौद्दिक शक्ती बिकसित हुदै गयर होला
अहिले त तिमि
मन्दिरको सट्टा
चर्च धाउन थालिछौ
भगवानको सट्टा
एशु प्रभु मान्न थालिछौ
कामी र दमाइको ठाउमा
अंग्रेज़ी थर लेखाउन थालिछौ
यो सबैको कारक म हुँ
मैले आवाज उठाइदियको भय
आज तिमि र म
फरक धर्म
फरक सस्कृतीको मान्छे
कदापी हुने थियनौ
मलाइ माफी गरिदेउ”
मलाइ थाहा छ
तिमि स्वार्थी हैनौ
न जात न धर्म न सस्कार
केहि बेचेकी छैनौ
तिमिले आफु माथि भयको अन्याय सहन सकिनौ
अहिलेका कुशल सुन्दर शिक्षित, आफ्ना आफन्त माथी
दलित भन्दै छुवाछुत गरेर
हिंशा गरेको देख्ने तिमिमा साहास रहेन
बिद्रोह गरेर समाजमा स्थापित हुन पनि सम्भब ठानिनौ
र त रामले बनिबास को बाटो रोजे जस्तै गरि
तिमि पनि क्रिश्चियन धर्मको बाटो रोज्ययौ नि
जुन निर्णय मेरो नजरमा
अत्यन्तै सहि लागेको छ
मलाइ माफ गरिदेउ”
एदि मैले त्यो दिन आवाज उठायको भय
छुवाछुत अन्त्य गर्न सकेको भय
हिन्दु हिन्दु एक हौ भनेर संदेश छर्न सकेको भय
आज तिमि र म एउटै परिवार
भयर बस्न सकिन्थ्यो
तिमि र म बिच्को प्रेम सम्बन्ध बाट
आज एउटा उदाहरणीय फुल फुल्थ्यो
तर त्यस्तो हुन सकेन
फेरिपनी तिमिले सहि निर्णय गर्यौ
तिम्रो नामको पछाडी झुन्डियको
दलित थर अब हुनेछैन
र समाजले तिमिलाइ दुर्ब्यबाहार कहिलै गर्ने छैन
तिम्रो सुख इज्यत प्रतिस्ठा र खुशी नै
मेरो खुशी हो
मलाइ माफ गरिदेउ
तिमिलाइ न्याय दिन मैले सकिन”
नकुल ढकाल ” नवीन”
बागलुङ बलेवा हाल म्याग्दी ।