बेनी नगरपालिकाले यही माघ १८–२० गते सम्म आयोजना गरेको नगरस्तिरिय अन्तर माध्यामिक प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे तयारीलाई तिब्र पारेको छ । नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना समितिका संयोजक राजेन्द्र कुमाार श्रेष्ठका अनुिसर बुधबार तयारी बैठक बसेर बिबिध छलफल गरेको छ । बैठकमा प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक तयारीका बारेमा छलफल भएकाे श्रेष्ठले बताए ।
प्रतियोगितामा नगरभित्रका ६ निजी समेत २२ माध्यामिक विद्यालयले छात्र/छात्र तर्फका भलिवल, कवड्डी, एथेलेटिक्स र मार्सल आर्ट तर्फका तेक्वाण्डो, कराँते र उसु खेल समावेश हुने छन । प्रतियोगिता ४८ स्वर्ण पदकका लागि हुने र बढी स्वर्ण पदक जित्ने बिद्यालयलाइ रनिङ शिल्ड बिजेता घोषणा गरिने छ ।
प्रतियोगिताका लागि ८ लाख ६० हजार रुपैंया अनुमानित खर्च आंकलन गरिएको बेनी नगरपालिकाले जनाएको छ ।
जिल्लाका उत्तरी सिमावर्ती अन्नपूर्ण र पश्चिमका दुर्गम धौलागिरी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिसकेका छन् भने अन्य स्थानीय तह पनि तयारीमा छन् ।