भोजपुरको रामप्रसाद गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।
भोपुरसहित पूर्वीपहाडी जिल्लामा मंगलबार राति साढे १० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का भोजपुरका छिमेकी जिल्लाहरू खोटाङ, संखुवासभा र धनकुटामा पनि महसुस भएको थियो । यसअघि मंगलबार बिहान काठमाण्डुको थापाथली केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।