असईको हत्या र हबल्दारलाई घाइते बनाएको आरोप लागेका एकजना व्यक्तिको प्रहरी इन्काउन्टरमा मृत्यु भएको अनलाइन खबरले समाचार लेखेको छ । राजविराज रुपनी सडकखण्ड अन्तर्गत रायपुर नजिकै प्रहरी कार्वाहीमा सप्तरीको कडरबोना निवासी दिपेन्द्र चौधरी मारिएका हुन् ।
सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बुधबार बिहान ४ बजे गस्तीमा खटिएको प्रहरी टोलीमाथि एक राउण्ड फायर गरेपछि जवाफी फायरिङ् गर्दा उनको मृत्यु भएको बताए ।