म्याग्दीको बेनी नगरपालिका–५, डडुवामा रहेको ज्योती आधारभूत विद्यालयमा आइतबार बाल मनोविज्ञानसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बाल मनोवैज्ञानिक विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।
ज्योती युवा क्लब डडुवाको आयोजनामा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक र युवा युवतीहरुलाई बेनीको माउन्ट एभरेष्ट आवासीय माविका राजु केसीले बाल मनोविज्ञानसम्बन्धी विभिन्न विषयहरुमा प्रशिक्षण दिएका छन्।
कार्यक्रममा प्रमुख अतिथि बेनपा–५, का वडा सदस्य तोपबहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष यामलाल दर्जी, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार भोजबहादुर कार्की र प्रधानाध्यापक मिनबहादुर खत्रीले मन्तव्य राखेका थिए ।
कार्यक्रम ज्योती युवा क्लबका अध्यक्ष दिनेश कार्कीको अध्यक्षता, सहसचिव उदयबहादुर दर्जीको स्वागत र सदस्य जगत भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । क्लबले आगामी दिनमा पनि गाउँमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिएको छ ।
Previous Articleवेष्ट प्वाइन्ट मन्टेसरीमा स्वास्थ्यपरीक्षण कार्यक्रम
Next Article म्याग्दीमा भेटियो दुर्लभ ‘किङ्ग कोब्रा’