बेनीवजार क्याम्पस चोक स्थित वेष्ट प्वाइन्ट मन्टेसरी प्रिस्कुलमा विगतका वर्षमाझैं वार्षिक क्यालेण्डर अनुसार यस शैक्षिक सत्रमा दोस्रो पटक मिति २०७५ माघ ६ गते स्वास्थपरीक्षण कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त स्वास्थ्यपरीक्षण कार्यक्रममा बेनी हस्पिटलका डाक्टरद्वय निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज घिमिरे र डा. अनिल पाण्डेद्वारा प्रिस्कुलका सम्पूर्ण अभिभावकहरुको उपस्थितिमा ५८ जना नानीबाबुहरुको स्वास्थपरीक्षण गरिएको थियो भने विद्यालयका स्वास्थ्य सहायक श्री झकमाया सेरपुञ्जाद्वारा आवश्यक सहयोग र औषधि वितरण गरिएको थियो । प्रिस्कुलमा यहि वर्ष असारमा पहिलो पटकको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।
वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेसन म्याग्दी प्रा.लिका अध्यक्ष श्री सुदर्शनकुमार श्रेष्ठद्वारा बेनी हस्पिटलका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज घिमिरेलाई स्टेथोस्कोप हस्तान्तरणगरी उद्घाटन गरिएको उक्त स्वास्थ्यपरीक्षण कार्यक्रमा संस्थापक सञ्चालकहरु यजनलाल शाक्य, सुवासकुमार श्रेष्ठ र प्रिन्सिपल वीणा इाा र मन्टेसरी संयोजक थरीमाया पुनको उपस्थिति रहेको थियो । निमित्त सुपरीटेन्डेन्ट डा. घिमिरेले रोग लागेपछि उपचार गर्नुभन्दा नियमित स्वास्थ्य परीक्षण अति उत्तम भएको त्यसप्रति सचेतना जगाउने विद्यालयको कार्यक्रम राम्रो भएको बताउनुभएको थियो साथै अचेल सरुवा रोगमा कमी आएको भएपछि जीवनशैली र असुरक्षित खानपानका कारण मानिसहरुमा नसर्ने रोगहरु भयावहरुपमा देखिएको पनि बताए ।
कृष्ण जि.सी.
Previous Articleरुप्से दैनिक ! ०६ माघ, २०७५
Next Article विद्यालयमा चेतनामूलक कार्यक्रम