अझै एकिन भएन गाडीमा सवारको संख्या
मालढुङ्गामा बस दुर्घटनामा परेर घाइते भएकाको बागलुङमा सामान्य उपचार पछि थप उपचारका लागि हलीकोप्टर चार्टर गरेर समेत लगिएको छ ।
पर्वतमा कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा घाईते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा उनिहरुको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
घाइतेलाई उपचारका लागि दुई जनालाई हेलिकोप्टरबाट काठमाडौ पठाइएको धौलागिरी अञ्चल अस्पतालले जनाएको इन्ेसक बागलुङकी प्रतिनिधि सृजना पन्तले जानकारी दिएछन् । अन्य घाईते मध्ये १० जनालाई सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाईएको छ । दुर्घटनामा घाईते भएका थप २८ जना को धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको र थप उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको अस्पताल स्रोतले जनाएको छ । मृतक तथा घाईते कसैको पनि सनाखत हुन सकेको छैन् ।