अभिनेत्री वर्षा राउतले विहे गर्ने भएकी छिन् । वर्षाले प्रेमी सन्जोग कोइरालासँग आगामी फागुन २ गते विहीवारका विहे गर्ने भएकी हुन् ।
उनले विहेको निमन्त्रणा कार्ड सोमवार विहान फेसबुकमा शेयर गरेर आफ्ना फ्यान तथा दर्शकलाई विहेबारे जानकारी दिएका छिन् ।
वर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शीवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ । उक्त कार्डमा प्रेम सेलिब्रेट गर्ने दिनमा नै उनीहरुले विवाह गर्न लागेको उल्लेख गरिएको छ ।
वर्षा पछिल्लो पुस्ताकी चर्चित नायिका हुन् । उनी लामो समयदेखि मोडल सन्जोगसँग प्रेममा थिइन । सन्जोगकै कारण आफूले अहिलेको स्थानसम्म पुगेको वर्षाले बताउँदै आएकी छिन् ।