गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव पहारीले आफ्नो सम्पूर्ण तलबभत्ता सामाजिक कार्यमा हस्तान्तरण गर्नुभएको छ । पहारीले आफ्नो तलव भत्ताको रकम समाजसेवामा लगाउने घोषणा अनुसार आज पोखरा २२ पुम्दीभुम्दीमा पुगेर लक्षित वर्गलाइ न्यानो कपडा वितरण गर्नुभएको छ ।
उहाँले भगवती आधारभुत विद्यालय र युवा ज्योती प्राविका लक्षित वर्गका ६० जना विद्यार्थीलाइ न्यानो कपडा वितरण गर्नुभयो । सामाजिक जागरणका लागि नारी अभियान नेपालको आयोजनामा सुइटर, टोपी र मोझा वितरण गरिएको हो । साथै वालिका मैत्रि विद्यालयका लागि सेनेटरी प्याड तथा हेण्ड वास समेत वितरण तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पहारीले जनताको रकम जनतालाइ नै हस्तान्तरण गरिएको वताउनु भया । युवा संघका निवर्तमान केन्द्रीय अध्यक्ष समेत रहेका पहारीले हरेकले राजनीतिलाइ पेशा होइन, सेवाको रुपमा लिनुपर्ने बताउनु भयो ।
उहाँले सम्पूर्ण तलबभत्ता जनताका आवश्यकता पहिचान गरी सहयोग गर्ने प्रतिवता जनाउँदै केही दिन अगाडि पत्रकार सम्मेलन गर्नुभएको थियो । उहाँले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयमा युरोगार्ड समेत वितरण गरिसक्नु भएको छ ।

पहारीको आग्रहमा वडा अध्यक्ष मित्रलाल बरालले लक्षित विद्यालय छनौट गर्नुभएको हो । आज आयोजित कार्यक्रममा उहाँले आफ्नो वडामा रहेका लक्षित बर्गका विद्यार्थीलाइ न्यानो कपडा वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै वडाले गरेका गतिविधि सम्बन्धि जानकारी दिनुभयो ।
अभियानका बारेमा सामाजिक जागरणका अभियन्ता,पत्रकार तथा अधिवक्ता सुष्मा पौडेलले जानकारी गराएकी गराउदै यो बर्ष ५०० बालिकालाई न्यानो कपडा वितरण गर्ने लक्ष्य अनुरुप कार्यक्रम सञ्चालन भैरहेको बताउनु भयो ।
सांसद पहारीलगायत अहिलेसम्मको अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै न्यानो कपडाको अभावमा कतिपय विद्यार्थी विद्यालय छोड्ने गरेको हुदा यो अभियान विगतका बर्षदेखी निरन्तर चलिआएको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा उपस्थित जनप्रतिनिधि ,अभियन्ता, समाजसेवी तथा पत्रकारहरुले समेत विद्यार्थीलाइ न्यानो कपडा हस्तान्तरण गरेका थिए ।