ओमन मस्कट ।
मगर संघ ओमनले आयोजना गरेको अन्तर नेपाली भलिबल प्रतियोगिता जनवरी ११ तारिक शुक्रबारको दिन मस्कट स्थित ३ सि सि कम्पनीको भलिबल ग्राउन्ड मा सम्पन्न भएको छ ।
म्याग्दी प्रवासी संग मोना ओमन,मगर सय ए ,बि, ठकुरी समाज, तमु समाज,नेस्टो , लुलु लालिगुरास, नवलपरासी, प्रसन्न युवा क्लब, स्टार्ट क्लब,बर्का क्लब,
ओमनमा रहेका नेपाली संघसंस्थाहरु बाट प्रतिनिधित्व गरि आउने १२ टिमको सहभागीता रहेको थियो ।
मोना ओमन र लुलु बिच फाइनल जस्तै प्रतिस्पर्धाको खेल भएको थियो भने मोना ओमनले एक विरुद्ध २ सेटले पराजित गरेर सेकेन्ड राउन्ड प्रवेश गरेको थियो ।
ठकुरी समाजले तमु समाजलाई पराजित गर्दै सेकेन्ड राउन्डमा प्रवेश गरेको थियो । अन्य विभिन्न टिमलाई पराजित गर्दै मोना ओमन र ठकुरी समाज बिच फाइनल निकै प्रतिस्पर्धा गर्दै ठकुरी समाज प्रथम मोना ओमन द्रोसो भएको थियो भने उत्कृष्ट खेलाडीको कप मोना ओमनका खेलाडी नगेन्द्र पुनले पाएको थिए । मोना ओमन खेलाडीलाई हिमाल रेमिट्यान्सले जर्सी उपलब्ध गराएको थियो । हिमाल ररेमिट्यान्सले ओमनको विभिन्न money exchange बाट नेपाल पैसा पठाउदै नेपालीहरु लाई सुबिधा उपलब्ध गराउदै आएको छ ।
खेलाडीको साथ पुरस्कार ग्रहण गर्दै मोना ओमनको वरिष्ठ सल्लाहकार प्रेम गुरुङ ।
खेलाडीको साथमा मोना ओमनको खेलकुद सम्योजक याम रोका, सल्लाहकार तथा खेलकुद संरक्षक सम्सेर पाइजा ।
उत्कृष्ट खेलाडी कप उठाउदै खेलाडी नगेन्द्र पुन ।
खेलाडीहरु ।