म्याग्दी जिल्लामा सञ्चालनमा रहेका साविकको उच्च माध्यमिक तहमा कार्यरत साविक एन्चिस्टु र हिस्टानमा आबद्ध शिक्षकहरूको भेलाबाट माध्यमिक विद्यालय शिक्षक युुुनियन (हिस्टुुन) म्याग्दी समिति गठन भएको छ । बुधबार सम्पन्न उक्त भेलाले कविराम थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको जनाएको छ ।
समितिको उपाध्यक्षमा रामचन्द्र पौडेल, सचिवमा मदन सुवेदी, उपसचिवमा हिरा केसी, कोषाध्यक्षमा भगवान् ढुङ्गाना, सदस्यमा सुन्दर खत्री, रमेश सुवेदी, बिमल बरूवाल, बुलबुल थापा, सुनिल केसी, कुलराज आचार्य, गंगा बानियाँ, गोविन्द रिजाल, गणेश पुन र गम्भीर ढकाल चयन भएका छन् ।
तदर्थ समितिको प्रथम वैठकले बेनीस्थित नेपाल बैंक लिमिटेड बेनी शाखामा खाता सञ्चालन गर्ने, हिस्टुन केन्द्रको सर्कुलर अनुसार शिक्षा विकास तथा समन्वय इकाई, म्याग्दीमा शिक्षकहरुको पेशागत हकहितसम्बन्धी ज्ञापनपत्र बुझाउने, साविकको उच्च माध्यमिक तहमा कार्यरत म्याग्दीका शिक्षकहरूका बिचमा परिचय आदानप्रदान जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको छ ।
Previous Articleरुप्से दैनिक ! पौष २६, २०७५
Next Article मंगला गाउँपालिकाको चौथो गाउँसभा बाबियाचौरमा