प्राय जसो बिबाद ,चर्चा ,अनि प्रसंसामा आइरहने संगठन भनेको प्रहरी संगठन हो भन्दा सायद अत्युक्ती नहोला। राज्य का अन्य संगठनको तुलनामा आम नागरिकसंग नियमित सम्पर्कमा रही सामाजिक, नैतिक र कानुनि दायित्व बोकेको संगठन भएर पनि आम नागरिकले प्रहरीको क्रियाकलाप नजिकबाट नियालिरहेको हुन्छन। प्रहरीहरु जुनसुकै देशका किन नहुन् उनिहरु जहिलेपनि समस्या र जटिलतासंग जुधिरहेका हुन्छन।कर्तव्य पालनाको सिलसिलामा उनीहरुले जीवन उत्सर्ग गरिरहेकै हुन्छन। सन् २०११६ मा संयुक्त राज्य अमेरिकामा १३५ जना प्रहरीहरुले कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाउनु परेको थियो। यस प्रकारका घटनाहरु विस्वका सबै देश हरुमा घट्ने गर्दछन ।
प्रहरी जहिले पनि राज्यद्वारा निर्मित कानुन , बिधि र परम्परा बाट निर्देशित भएको हुन्छ। ब्याबसायिक दक्षता , इमान्दारिता ,नैतिकता र असल चारित्रिक गुण नै एउटा असल प्रहरीको पहिचान हो। जब प्रहरीहरुमा बिधमान हुनु पर्ने यस प्रकारका गुणहरुमा क्षयिकरण देखा पर्दछ तब उनीहरुको कार्य सम्पादनमा नागरिक तथा राज्यस्तरबाट नै प्रश्न उठ्छ । नेपाल प्रहरीले आफ्नो स्थापना काल देखि नै राज्यले आफु उपर सुम्पिएको मुल दायित्वलाइ अत्यन्त कठिन र जटिल परिस्थिति मा पनि सफलापुर्वक निर्वाह गर्दै आएको छ तथापि केहि घटनाहरुमा सफलता प्राप्त गर्न उसलाई निकै कठिनाइ भैरहेको भने अवस्य देखिन्छ ।
अपराध र आपराधिक गतिबिधि जहिले पनि सुरक्षीत समाजको लागि चुनौती बनेर उभिएको हुन्छ र यहि चुनौतिको सामना गरिरहेको हुन्छ नागरिक प्रहरीले । प्रहरी सेवा रुजु हाजिरी र नोकरी मात्र होइन, यो पेशा भनेको परिआएको बखत जिवन उत्सर्ग गर्न पछि नपर्ने चुनौती पनि हो।
बिधिवत रुपमा बिक्रम सम्बत २०१२ साल मा स्थापित नेपाल प्रहरीले देशमा व्यवस्था परिवर्तनसंगै धेरै आरोह (अबरोहहरु पार गर्दै अहिले गणतन्त्र र संघियता कार्यान्न्वयनको बिन्दुमा उभिएको छ । शान्ति ,सुरक्षा ,अमनचयन र नागरिकको कानुनि स्वतन्त्रताको संरक्षण गर्ने काम कुनै पनि देशको नागरिक प्रहरीको हो। यिनै बिषयको वरिपरि प्रहरीको काम तथा भूमिका घुमिरहन्छ। राज्यका अन्य अंगमध्ये प्रहरीको काम र भूमिका पृथक, र संवेदनशील रहेकाले उसको काममा सहयोग र सदभाव राख्नु राज्यका अन्य अंग तथा नागरिक समाजको दायित्व पनि हो । सामाजिक आस्था र प्रचलित कानुनहरु नै प्रहरीको अन्तिम शक्ति हो । जसले प्रहरीलाई काम गर्न अभिप्रेरित गरिरहेको हुन्छ । जनआस्था प्रहरीको अमुल्य सम्पति भएकोले यसको अभिवृद्धि गर्ने काम चुनौतिपूर्ण पनि रहेको हुन्छ । नागरिकहरुमा प्रहरीलाई बुझ्ने सवालमा सकारात्मक परिवर्तन ल्याउने उद्देस्यले नेपाल प्रहरीले प्रहरी मेरो साथी,बस्ति (बस्ति मा प्रहरी र समुदाय प्रहरी साझेदारी जस्ता कार्यक्रम हरु संचालन गर्दै आइरहेको पनि छ। जनआस्थाले प्रहरीलाई सफल बनाउन अहम भूमिका खेलेको हुन्छ।
प्रहरीको संख्या वृद्धि गरिदैमा गुणात्मक सुधार आउन सक्दैन। प्रहरीमा गुणात्मक सुधार ल्याउनको लागी उन्नत तालिम ,वृद्धि बिकास ,सेवा सुविधामा पुनरावोलकन ,भौतिक पूर्वाधारको स्तरोन्नति आदि बिषयहरुमा राज्यको र प्रहरी नेतृत्व को ध्यान जानु जरुरी छ। विश्व भरीका प्रहरीको संख्या लाइ अध्यन गर्ने हो भने हाम्रो छिमेकी देश भारतमा प्रति एक लाख जनसंख्या मा जम्मा १५० ,जना , बांलादेशमा १२५ जना ,पाकिस्तानमा १८१ जना ,अस्ट्रेलियामा २०२ जना ,संयुक्त राज्य अमेरिकामा २८४ जना र नेपालमा १९३ जना प्रहरी रहेको देखिन्छा। हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशमा प्रहरीको यो अनुपातलाई सन्तोसजनक नै मान्नु पर्दछ।
संसार भरिको प्रहरीको इतिहासलाई अध्यन गर्ने हो भने समय (समयमा विभिन्न देशहरुमा प्रहरीमा सुधार गर्न महत्वपुर्ण कदम हरु लिएको पाइन्छ ,बेलायतमा सन् १८३० तिर नै गृह मन्त्रि र दुइपटक प्रधानमन्त्रि बनेका रवर्ट पिलले लन्डनलाइ आधार मानि महानगरीय प्रहरी को स्थापना गरे र सोहि बमोजिम विभिन्न कानुन समेत बनाए। बेलायतमा उनलाई आधुनिक प्रहरीको पिता को रुममा सम्झने गरिन्छ उनी भन्ने गर्थे प्रहरी जनता हुन् र जनता प्रहरी हुन् । हामीकहाँ भने जतिनै सरकार परिवर्तन भएपपनि नेपाल प्रहरीमा अपेक्षेकृत सुधार आउन सकेको पाइदैन।
प्रहरीको आगमन र प्रस्थान बिन्दु समाजनै हुनेहुनाले समाजिक मूल्य मान्यता लगायतका आचरण प्रहरीमा देखिनु अस्वाभाविक होइन। सामाजिक र नैतिकताको स्तर न्युन भएको परिवेशमा उच्चतम कोटिको प्रहरीको परिकल्पना गरिनु सान्द्रभिक नहुन सक्छ। समाज जुनरुपमा बिकशित हुदै जान्छ सोहि बमोजिम नै आपराधिक क्रियाकलापहरु बढ्दै जान्छ। बिकसित समाजमा अपराध कम हुने र अबिकसित समाजमा अपराध बढी हुने भन्ने होइन। समाजिक चेतनाको स्तर , प्रहरीलाई नागरिक स्तरबाट प्राप्त हुने सहयोग, प्रहरीलाई प्राप्त हुने बैज्ञानिक उपकरण , प्रहरीको मनोवल ,प्रचलित कानून ,स्रोत (साधान लगायतको आधारमा अपराधमा केहि हदसम्म तल माथि भने अवस्य पार्दछ।
FBI को प्रतिबेदन अनुसार संयुक्त अमेरिकामा सन् २०१७ मा सो देश भरी जम्मा १२४७३२१ हिंसाजन्य घटनाहरु भएको थियो। AMNESTY UK ले जनाएअनुसार इंगलैंड र वेल्समा हरेक हप्ता २ जना महिलाको उसकै पार्टनर बाट हत्या हुने गर्दछ र त्याहाको प्रहरीले हरेक मिनेटमा घरेलु हिंसाको सुचना प्राप्त गर्दछन। थोमसम रायटर्सले निकालेको प्रतिबेदन अनुसार हाम्रो छिमेकी देश भारत महिला र बालबालिकाहरुको लागि सबै भन्दा असुरक्षित देशको सूचीमा पहिलो नम्बर मा र अमेरिका दशौ नम्बरमा रहेका छन्।
बिस्वका बिकसित भनिने देशहरुको तुलनामा समेत नेपाल को शान्ति सुरक्षा र अपराध अनुसन्धानलाइ कमजोर भनि मान्न सकिदैन , अपितु प्रहरी भित्र समसामयिक सुधार हुनु जरुरि छ। पछिल्लो समयमा नेपालमा देखापरेका केहि आपराधिक घटनाहरु नेपाल प्रहरीको लागि चुनौतिको रुपमा खडा भएका छन्। घटना घटेको लामो समय सम्म पनि अपराधीहरुको पहिचान नहुनाले प्रहरीको ब्याबसायिक क्षेमता माथि प्रस्न उठ्नु स्वभाबिक पनि हो। नेपालमा पछिल्लो समयमा विभिन्न प्रकारका आपराधिक घटनालाई राजनैतिक रंग दिएर उन्मुक्ति दिने प्रचलन बढेको पाइन्छ।
नेपालि जनताहरुले परिकल्पना गरेको नया नेपाल भनेको सुरक्षित ,बिकशित र सभ्य नेपाल हो। राज्य जहिले पनि प्रहरीको अभिभावक हो । प्रहरीलाइ राजनैतिक हस्तक्षेपबाट अलग राख्दै उसको ब्याबसायिक क्षमतामा अभिवृद्धि हुने खालका नितीहरु राज्यले अवलम्बन गर्नुपर्दछ। नेपाल प्रहरीको इतिहासमा प्रहरीलाई पटक पटक राजानितीकरण गरिएको कुरा हामी सबैले अनुभुत गरेकै हो। अनावस्यक रुपमा प्रहरीमा हुने राजनैतिक हस्तक्षेपले प्रहरीको ब्याबसायिक क्षेमतामा प्रस्न उठ्नु स्वभाबिक हो। लोकतान्त्रिक शासन प्रणालिमा राज्यको सफलता र असफलता केहि हद सम्म त्यस देशको प्रहरीको कार्य कुशलताबाट समेत मापन गरिने गरिन्छ ।
हामी कहाँ राज्यले एकातर्फ प्रहरीलाई परम्परागत संस्थाका रूपमा हेर्ने र प्रहरीको कार्यलाई अनुत्पादक क्रियाकलापका रूपमा ठान्ने गरेको पाइन्छ । भयरहित समाजको निर्माण सरकारको प्राथमिकतामा पर्ने बिषय हो र अपराध सुरक्षित समाजको लागी गम्भिर चुनौती हो अनि प्रहरी भनेको यहि चुनौतीसंग जुध्दै अपराधि पत्ता लगाउने र पिडितलाइ न्याय दिलाउने राज्यको स्थाइ संयन्त्र हो । सबल ,सक्षम र ब्याबसायिक प्रहरी संगठन निर्माणमा राज्य मुलरुपमा जिम्मेवार हुनुपर्दछ। प्रहरीसंग सम्बन्धित कानुन को निर्माण तथा पुनरावोलकन ,वृति बिकास ,सेवा सुबिधामा सापेक्षित सुधार गर्दै गतिशिल र सबल प्रहरीको निर्माण गरिनु आजको आवस्यकता हो।
(लेखक नेपाल प्रहरीको पूर्व अधिकृत हुन्)