म्याग्दीको बेनीमा आयोजित मिस म्याग्दी २०१८ को उपाधि हेना खड्का छन्त्यालले जितेकी छिन् । म्याग्दीका दर्जनौं प्रतिस्पर्धीलाई पछि पार्दै माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत हेनाले मिसम्याग्दीको ताज पहिरिएकी हुन् । बेनी नगरपालिका ८ क्याम्पसचोककी १४ वर्षीय छन्त्यालले बेनीको बहुउद्देश्यीय कर्भड हलमा भएको फाइनल चरणमा विभिन्न चरणहरु पार गर्दै मिस म्याग्दीको ताज पहिरिएकी हुन् ।
मिस म्याग्दीको ताज सँगै छन्त्यालले पचास हजार रुपियाँ नगद पुरस्कार समेत प्राप्त गरेकी छिन् ।
यसै गरी फस्ट रनरअफ सोनीया पुन,सकेन्ड रनरअफ सुस्मीता बानियाँ, थर्ड रनरअफ एस्पिला बानियाँ र फोर्थ रनरअफ सपना रोकाका घोषित भएकी छिन् । किङ्स्टार क्रियसन प्रा।लिले म्याग्दीमा पहिलोपटक प्रतियोगिताको आयोजना गरेको थियो ।